राजनीतिमा संस्कारको विकास हुनुपर्छ : डा कोइराला

नारायण शाही
फागुन २४, २०७५
Dr. Shekhar Koirala

पोखरा, २४ फागुन । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक संस्कारमा जोड दिएका छन् ।

उनले भनेका छन्, राजनीति गर्ने व्यक्तित्वहरुमा राजनीतिक संस्कार हुनुपर्छ । राजनीतिक संस्कार र नैतिकता राजनीति नगरे हुन्छ । संस्कार र नैतिकताविनाको राजनीतिले गन्तव्यमा पु¥याउन सक्दैन ।

प्रजातान्त्रिक प्राध्यापक संघ, गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको ‘समसामयिक राजनीतिमा देखा परेका जटिलता र निराकरणका उपायहरु’ विषयक अन्तरक्रियामा बोल्दै नेता कोइरालाले वर्तमान सरकार हरेक क्षेत्रमा असफल बनेको उल्लेख गरे ।

‘वर्तमान सरकार असफ लबनेको छ,’ उनले भने, ‘देश र जनताको ईच्छाविपरित सरकार चलेको छ । राष्ट्रपतिलाई पावरफुल बनाउने कार्यमा सरकार अग्रसर छ । संघीयता असफलतातर्फ उन्मुख छ । संघीयताको असफतासँगै संविधानसमेत सति जाने खतरा बडेको छ । प्रधानमन्त्री ओली, आफै न्यायधीश र अख्तियार प्रमुख बनेका छन् ।’

नेपाली काँगे्रेसका केन्द्रीय सदस्य गुरुप्रसाद घिमिरेले मौजुदा वामपन्थी सरकार राजनीतिक समस्या बनेको औंल्याए । ‘करिब दुई तिहाईको वामपन्थी सरकार पहिलो राजनीतिक समस्या बनेको छ । काँग्रेसभित्रको घर झगडा दोस्रो राजनीतिक समस्या बनेको छ । कार्यकता निहित काँग्रेसको पार्टी बन्न सकेन । समग्रमा पार्टी नेतामुखी बन्न पुगेको छ ।’

नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले काँग्रेस पार्टीभित्र आफूलाई सुपरिएर ठान्ने र अरुलाई कमजोर आँक्ने संस्कार मौलाएको उल्लेख गरे । शर्माले आगामी दिनमा काँग्रेस पार्टीलाई प्रतिपक्षसँग भिड्न सक्ने र जनतासँग भिज्न सक्ने बनाउनुपर्नेमा जोड दिए ।

कास्कीकी काँग्रेस नेतृ शारदा पौडेलले चुनावका लागि काँग्रेसले बलियो एजेण्डा बनाउनुपर्ने बताइन् । कमजोर एजेण्डाका कारण काँग्रेसले कम्युनिष्टसँग निर्वाचनमा हार्नुपरेको स्पष्ट पारिन् ।

कास्की काँग्रेसका पूर्व सभापति यज्ञबहादुर थापाले प्रजातन्त्रलाई मास्नेतर्फ निर्वाचित कम्युनिष्ट सरकार लागि परेको आरोप लगाए । ‘लोकतन्त्र र नागरिक स्वतन्त्रलाई छिया छिया पार्ने काम भएको छ,’ पूर्र्व मन्त्री थापाले भने, ‘नागरिक स्वतन्त्रता, न्यायलय, सेना, प्रहरी, विश्वविद्यालय र निर्वाचन आयोगमा समेत सरकारी हस्तक्षेप बढेको छ ।’

नेपाली काँग्रेस कास्कीका पार्टी पूर्व सभापति सोभियतबहादुर अधिकारीले प्रमुख प्रतिपक्ष काँग्रेस सरकारसामु निरिह बनेको औंल्याए । सरकारको कमी कजोरीलाई पार्टीले जोड, तोडले उठाउन नसकेको अधिकारीको आरोप थियो ।

प्राध्यापक देवराज चालिसेले राजनीतिक सिद्धान्तलाई राजनीतिक संस्कार दिन आग्रह गरे । उनले सबै राजनीतिक दलहरुमा दासत्व प्रबृत्ति मौलाएको उनको कथन थियो । चालिसेले सर्वसत्तावादी कम्युनिष्ट सरकारको विकल्पमा काँग्रेस भरोसायोग्य पार्टी बन्न नसकेको स्पष्ट पारे ।

कास्की, माछापुच्छ«े गाउँपालिका अध्यक्ष युवराज कुँवरले पार्र्टीको नेतृत्व र कार्यकर्तालाई गाउँ गाउँ पुग्न आग्रह गरे । गाउँ गाउँबाट संगठन नबनाई काँग्रेस पार्टी सुदृढ नहुने कुँवरको दावी थियो ।

कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईले बहुमतीय कम्युनिष्ट सरकारबाट लोकतन्त्र र संघीयतामाथि खतरा रहेको भन्दै काँग्रेसले प्रमुख प्रतिपक्षको भुमिका निभाउन नसकेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width