सडकको नालामा खड्का मृत फेला

आदर्श समाज संवाददाता
फागुन २४, २०७५
33496460801_192ec2f072_b


पोखरा, २४ फागुन । स्याङजा वालिङ नगरपालिका—१० फूलवारी चोकमा सिद्वार्थ राजमार्गको कलवर्टमुनि एक युवक मृत फेला परेको छन् ।

प्रहरीका अनुसार वालिङ नगरपालिका—१ धौखोला निवासी ४० बर्षीय बेदबहादुर खड्काको मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

भिरवाट खसेर युवतीको मृत्यु

म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका—३ निवासी २७ बर्षीया तारा दमाईको शुक्रवार भिरवाट लडेर मृत्यु भएको छ ।

गाउँकै सामुदासयक वनमा घाँस—दाउरा काट्न जाँदा खिम्सा भिरवाट खसेर गम्भीर घाइते भएकी उनलाई प्राथामिक स्वास्थ्य चौकी मुनामा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width