वालिङ, २४ फागुन । कास्कीमा रोगकै कारण सुन्तलाका बोट केही बर्षदेखि नष्ट भएका छन् तर छिमेकी जिल्ला स्याङ्जाका किसान भने सुन्तला खेतीलाई प्रमुख आम्दानी स्रोत बनाउने सोचका साथ खेतीलाई बिस्तार गर्दै छन् ।
स्याङ्जाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका गागि गरिएको सुन्तला खेतिलाई बिस्तार र व्यावसायीकरण गर्न सुन्तला किसान आकषर््ित बनिरहेका छन् । पाखो, भिरालो जमीन तथा बारीमा अन्य रुख बुट्यानहरुलाई फँडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र सुन्तलाबोट सार्ने काममा उनीहरु जुटिरहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन एकाइ अन्तर्गत सुन्तला सुपरजोनका रुपमा घोषणा भएपछि किधसानहरु थप उत्साहित भएका छन् । आर्थिक वर्ष २०७३÷७४ मा स्याङ्जा जिल्लालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरियो । आर्थिक वर्ष २०७५÷७६ को शुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको परियोजना एकाइ कार्यालय स्याङ्जाका कृषि अधिकृत महाप्रसाद पौडेलले बताए ।
स्याङ्जाका विभिन्न पालिकाका १७ वटा वडामा कुल एक हजार १५७ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा निर्माण गरिएको छ । जिल्लाका पुतलीबजार नगरपालिकाका वडा नं १, २, ३, ७, १०, ११, १३ र १४ भीरकोट नगरपालिकाका १, २, ३, ६, ७ र ८, वालिङ नगरपालिकाको वडा नं ४ र अर्जुनचौपारी गाउँपालिकाको वडा नंं. १ र २ गरी कुल १७ वटा वडामा १५५ वटा समूह, सहकारी र उद्यमीहरुसहित कुल तीन हजार १६९ कृषक यो व्यवसायमा आबद्ध रहेका छन् ।
सुन्तला सुपरजोन घोषणा भएसँगै यहाँ स्थलगत तालिम, भकारो सुधार, माटो परीक्षण, बगैँचा व्यवस्थापन, हाइटेक सुन्तला नर्सरी स्थापना, ‘कस्टम हायरिङ सेन्टर’ (औजार उपकरण तथा मेसिनरी सामान वितरण), ‘पोष्ट हार्भेस्ट सेन्टर’ (सङ्कलन केन्द्र निर्माण, जुस फ्याक्ट्रीहरु स्थापना, बजारीकरणमा सहयोग, सुन्तलाको ग्रेडिङ) गर्ने कार्यहरु भइरहेका छन् ।
स्याङ्जामा ६७ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार १८ हजार ६१२ मेट्रिक टन सुन्तला उत्पादन भई जिल्लामा ६७ करोड ३२ हजार भित्रिएको छ । सुवेदीका अनुसार यस वर्ष स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये तीन हजार ७२२ मेट्रिक टन जिल्लाभित्रै खपत भयो भने १४ हजार ८७९ मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात भयो ।
आर्थिक वर्ष २०७४÷७५ मा स्याङ्जामा एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला बिक्रीबाट ४६ करोड ८१ लाख २९ हजार २४ जिल्लामा भित्रिएको थियो । गत आर्थिक वर्ष दुई हजार ९२५ मेट्रिक टन सुन्तला जिल्लाभित्रै खपत भएको थियो भने ११ हजार ७०३ मेट्रिक टन सुन्तला जिल्ला बाहिर निकासी भएको थियो ।
स्याङ्जामा गत आवको तुलनामा चालु आवमा तीन हजार ९०३ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको र सोको बिक्रीबाट बीस करोड १९ लाख ३ हजार बढी आम्दानी भएको छ । गत आवसँग तुलना गर्दा स्याङ्जामा चालु आवमा २७.२३ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बागवानी विकास अधिकृत सुवेदीले बताए ।
यस वर्ष एक हजार २४० हेक्टर क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचाबाट प्रतिहेक्टर १५ मेट्रिक टनका दरले उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०