पोखरा, २४ फागुन । गोर्खा सैनिकले गोरा सरह सेवासुविधा र भूपुको पेन्सनमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ।
नयाँ व्यवस्था अनुसार सन् २००७ यता भर्ती भएका गोर्खा सैनिकले वेलायती सेना सरह सेवा सुविधा प्राप्त गर्ने, १० देखि ३४ प्रतिशतसम्म पेन्सन वृद्धि र वेलायती सेनाभन्दा राम्रो पेन्सन सुविधा प्राप्त गर्ने छन् ।
वेलायतका सशस्त्र सुरक्षा बलसम्बन्धी राज्यमन्त्री मार्क लाइङ्केस्टरले बिहीबार काठमाडौंबाट प्रकाशित हुने ’गोर्खाका लागि घोषणा’ शीर्षकमा एउटा लेख प्रकाशित गर्दै गोर्खा सैनिकबारे महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्।
‘सन् २००७ यता ब्रिटिश गोर्खा ब्रिगेडमा भर्ती भएकालाई वेलायती सेना सरह नै सेवा सुविधा प्रदान गरिनेछ’, उनले पहिलो निर्णयमा भनेका छन्। नेपाल, भारत र वेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिअनुसार ब्रिटिश सेनामा गोर्खा भर्ती हुने गर्छ । यस बर्ष गोर्खा भतीृमा कोटा समेत वढाइने छ ।
राज्यमन्त्री लाइङ्केस्टरले सन् २००७ अगाडि सन् १९४७ को सन्धिअनुसार भर्ती भएका गोर्खाहरुलाई पनि उपयुक्त कारणका साथ अन्य सेवा र सुविधा प्रदान गरिएको दाबी गरेका छन्। ‘त्यो सहमतिले त्यतिबेलाको समय र परिस्थितीलाई झल्काउँछ। सर्तहरु स्वैच्छिक रुपमा पालना भएका छन्। सहमतिको निष्पक्षताले दुवैतिर काम गरेको छ’, उनले भनेका छन्। सन् १९७५ अघिसम्म ब्रिटिश गोर्खामा २२ वर्ष काम नगरी पेन्सन सुविधा नपाउने व्यवस्था रहेकोमा हाल त्यसलाई १५ वर्षमा झारिएको दोस्रो निर्णयमा उल्लेख छ।
यतिबेला गोर्खाहरुले वेलायती सेनामा १५ वर्षको सेवापछि पेन्सन दाबी गर्न पाउँछन्। पहिले पेन्सन पाउन ६० वर्ष कुर्नुपथ्र्यो। अहिले गोर्खाले ३० देखि ४० वर्षमै पेन्सन पाउने व्यवस्था गरिएको छ’, राज्यमन्त्री लाइङ्केस्टरले तेस्रो निर्णयमा भनेका छन् ‘गोर्खाको पेन्सन यसरी वृद्धि गरिएको छ कि अब उनीहरु वेलायतका स्थानीय सेनाभन्दा अगाडि नै पेन्सन पाउनेछन्।’
यो पेन्सन वृद्धि घोषणाले समग्रमा एक जनाले गोर्खा सैनिकले ७ लाख ३० हजार नेपाली रुपैयाँ पेन्सन भित्र्याउने उनको दाबी छ। गोर्खा पेन्सन सहयोगको ठूलो कोष रहेको उल्लेख गर्दै उनले सन् १९९७ अगाडि ४ वर्षभन्दा बढी सेवा गर्ने गोर्खाहरुलाई वेलायतमा बसोबास अनुमति रहेको स्मरण गराएका छन्। त्यसरी बसाइँ सरेर वेलायत जानेहरुले औषधी उपचार तथा अन्य सुविधा समेत पाउँदै आएका छन्।
नयाँ निर्णयसँगै वेलायतले नेपालस्थित गोर्खा कल्याणकारी कोषमा दश वर्षसम्म वर्षेनी ३ अर्ब ६८ करोड ३१ लाख १० हजार ३० सहयोग प्रदान गर्नेछ। सो कोषबाट सेवानिवृत्त भएर नेपालमा बसोबास गर्ने गोर्खाले स्वास्थ्य उपचार पाउनेछन्।
राज्यमन्त्री मार्क लाइङ्केस्टरले वेलायती सेना सबैप्रति निष्पक्ष रहने भन्दै गोर्खाको पेन्सनमा उल्लेखनीय परिवर्तन गरिएको उल्लेख गरेका छन्। उनले भनेका छन ‘यसले वेलायत सरकारलाई गोर्खाको पेन्सनमा थप १ अर्ब ३७ करोड ९१ लाख ४७ हजार ७ सय ६७ नेपाली रुपैयाँ लगानी गर्न मद्दन गर्नेछ। गोर्खाको पेन्सन १० प्रतिशतबाट ३४ प्रतिशतमा वृद्धि हुनेछ।’
Related News
सम्बन्धित समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
पर्यटन मन्त्रालयको चौमासिक समीक्षा
पुस ५ देखि भदौरे पञ्चासे महोत्सव
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०