सिनियर लायनद्वारा श्रेष्ठलाई उम्मेद्वार बन्न आग्रह

एजेन्सी
फागुन २४, २०७५
Senior lions_Fotor

पोखरा, २३ फागुन। अग्रणी र सक्षम व्यक्तिले नेतृत्व लिनुपर्ने भन्दै लायन ध्रुव श्रेष्ठलाई लायन वर्ष २०१९/२० का लागि सेकेन्ड भाइस गभर्नर पदमा उम्मेदवारी दिन सिनियर पोख्रेली लायनले आग्रह गरेका छन्।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुदैछ। लायन्स क्लब अफ पोखरा अन्नपूर्णले आयोजना गरेको सिनियर लायनहरुको सहमति तथा परामर्श छलफलमा पोख्रेली लायनहरुले श्रेष्ठलाई उम्मेदवारी दिन आग्रह गरेका हुन्। नेतृत्व लिनको लागि अहिलेसम्म श्रेष्ठले गरेको धैर्यतालाई सम्मान गर्दै अब पछाडि हट्न नहुने लायनहरुको भनाइ छ। नाम र व्यक्ति विशेषभन्दा पनि व्यक्तिको कार्यक्षमता, दक्षता र क्लबको स्तरलाई हेर्दा डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष ध्र्रुव श्रेष्ठलाई नेतृत्व लिन अवसर दिनुपनेर्मा सिनियर लायनहरुको जोड छ।

लायन्सको महाधिवेशन पोखरामै हुने भएपछि पोख्रेली लायनलाई सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्ने दायित्व समेत बढेको छ।

पोख्रेलीको एकताको सन्देश दिनको लागि पक्ष विपक्षी नभनीकन सहमतिमा जानुपनेर्मा उनीहरुको सुझाव छ। यसका लागि अग्रणी र सक्षम व्यक्तिलाई अवसरमा दिनुपनेर्मा उनीहरुले जोड दिएका छन्।

लायन्समा ४२ वर्षको लामो अनुभव लिएका श्रेष्ठले क्लबको स्थापनासँगै क्लबमा रहेर सामाजिक काम गर्दै आएका छन्। उनले प्रचारमा भन्दा कर्ममा विश्वास गर्ने लायनवादको सिद्धान्तलाई आत्मसात गर्दै सिनियर लायनहरुको सल्लाहअनुसार नै आफूले उम्मेदवारी प्रस्तुत गर्ने र जिम्मेवारीका साथ काम गर्ने बताए।

३२ वर्ष पुरानो लायन्स क्लब अफ पोखरा अन्नपूर्ण लायनवादको इतिहासमा उत्कृष्ट काम गर्दै उदाहरणीय क्लब बन्न सफल भएको क्लब पनि हो। यसअघि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन्।

वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महाधिवेशन गर्ने मिति तय गरेर ‘कन्भेन्सन कल’ गरेसँगै डिष्ट्रिक्टको चुनावी माहोल बढेको हो। महाधिवेशनमा वर्तमान फस्ट भाइस गभर्नर ईन्दु लम्सालले आगामी लायन वर्षको गभर्नर पदका लागि र वर्तमान सेकेण्ड भाइस गभर्नर मनबहादुर रोकाले फस्ट भाइस गभर्नरका लागि ‘एस’ मत लिनुपर्नेछ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width