दुर्घटना न्यूनिकरण गर्न हेलिकप्टरको एक सिट हटाईने

एजेन्सी
फागुन २४, २०७५
helipad


काठमाण्डौ, २४ फागुन । हवाई दुर्घटनालाई कम गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले नेपालमा पछिल्लो समय भित्रिएका हेलिकप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ।

पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै हेलिकोप्टर सेवाप्रदायकको सहमतिमा नै प्रत्येक हेलिकप्टरबाट एउटा सिट हटाउन निर्देशन दिएको छ। त्यो सिट एक दुई दिन भित्र नै हटाइसक्नु पर्ने छ ।

राम्रो मौसम र सुगम ठाउँमा उड्नका लागि उपयुक्त हुने सुविधा स्वरुप उपलब्ध सिटको दुरुपयोग भएको भन्दै पाइलट छेउको सिट हटाउन नियमक र सेवाप्रदायक सहमत भएका हुन् । अघिल्लो सातामात्र एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र प्रसाद अधिकारीसहित सातजनाको ज्यान गएको थियो। उक्त उडानमामा सात जना यात्रु बोकिएको भन्दै आलोचना भएको थियो।

हेलिकप्टरमा क्षमताभन्दा बढी यात्रु भएका पाइलट आफैले रोकथाम गर्नपर्ने हुन्छ। त्यस्तोमा नियमकको कुनै पनि उपस्थिति नभएको ठाउँमा अनुकुलतामा प्रयोग गर्न मिल्ने सिट दुरुपयोग हुनसक्ने भन्दै हटाउने निष्कर्षमा क्यान पुगेको हो।
सिट हटाउनेसँगै सथरमाथा क्षेत्रमा रहेको गोरक्षेप हेलिप्याट तत्कालका लागि बन्द गर्ने निर्णय क्यानले गरेको छ। आपत्कालिन उद्धारका लागि बाहेक अहिलेको हेलिप्याड प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो।

नेपालको हेलिकप्टर उडानलाई अझै सुरक्षित बनाउका लागि विभिन्न विषयमा छलफल भएको र तत्काल गर्नुपर्ने निर्णयमा हेलिकप्टरका सिट हटाउने निर्णय गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए।
नेपालको उडानलाई कसरी अझै सुरक्षित बनाउन सकिन्छ भनेर छलफल भएको थियो, त्यसमा पछिल्लो समय ६ं१ सिट क्षमता भएका हेलिकप्टरबाट पाइलटको छेउमा हुने सिट(बेन्चसिट) काट्ने निर्णय भएको छ’ कँडेललेभने ।

नेपालको हेलिकप्टर उडानलाई बढीभन्दा बढी सुरक्षित बनाउनका लागि नियमित रुपमा गरिने छलफल अन्तर्गत त्यसबाट तत्कालिन र दीर्घकालिनरुपमा गर्नुपर्ने कामका सन्दर्भमा निर्णय लिइएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

मौसम, उडान सुरक्षाका विषयमा सेवाप्रदायकहरुले अपनाउनुपर्ने सतर्कतामा कुनै पनि कसर बाँकी नराख्न प्राधिकरणले सचेत गराएको छ, सुरक्षाका मामिलामा पाइलट, अपरेशन तथा अन्य जनशक्तीलाई पनि तालिम दिइरहेका हुन्छौं त्यही अन्तर्गत छलफल भएको हो’ पोखरेलले भने।

पछिल्लो समय पाइलटमाथि हेलिकप्टर सञ्चालकहरु हावी भएको र त्यसले गर्दा खराब मौसममा पनि उडान हुने गरेको क्यानको आशंका छ। यही आशंकालाई लिएर क्यानले अब सेवाप्रदायकको अपरेशन अडिट कडाइका साथ गर्ने र सुधार नभए लाइसेन्स नै खारेज गरिदिने चेतावनीसमेत दिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width