विन्ध्यवासिनीमा निर्माण गरिएको विद्युतीय लिफ्टको राष्ट्रपतिद्धारा उद्घाटन

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७५
p 232_Fotor

पोखराको विन्ध्यवासिनीमा निर्माण गरिएको लिफ्टको विहीवार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्वीर ऋषिराम बराल

पोखराको विन्ध्यवासिनीमा निर्माण गरिएको लिफ्टको विहीवार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्वीर ऋषिराम बराल

पोखरा, २३ फागुन। पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनीमा मन्दिर परिसरमा निर्माण गरिएको विद्युतीय लिफ्टको विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

एक करोड रुपैयाँको लागतमा निर्मित उक्त लिफ्टको शुभारम्भ गर्दै राष्टपति भण्डारीले भनिन्—वृद्धवृद्धा र अशक्तहरुलाई लक्षित गरी निर्माण गरिएको लिफ्टको मद्धतवाट उनीहरुले विन्ध्यवासिनीदेवीको पूजाआजा र दर्शन गर्न सक्ने वताइन्। विभिन्न सांस्कृतिक रितिरीवाज, धार्मिक आस्थाले भरीपूर्ण देशमा सांस्कृतिक र धार्मिक भावनाको विकाससँगै सद्भाव फैलाउन यस्ता गतिविधिले मद्धत पुग्ने विश्वास राष्ट्रपति भण्डारीले व्यक्त गरिन।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका यस्ता कार्यले देशको धार्मिक पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नुको साथै आर्थिक समृद्धिमा समेत सहयोग गुग्ने छ, राष्ट्रपति भण्डारीले भनिन्—धार्मिक सम्पदाको संरक्षण गर्नु हामी सवैको कतब्य हो।

हुण्डाई मोटर कम्पनी, कोरिया र लक्ष्मी गु्रपको सहकार्यमा लिफ्ट निर्माण गरिएको हो। ६८० केजी तौल क्षमता भएको लिफ्टवाट एकैपटक ६ जना ओहोर दोहोर गर्न सक्ने छन्।

गण्डकी प्रदेशका प्रदेश प्रमुख बावुराम कुँवरले धर्मले हरेक व्यक्तिलाई अनुशासित र विधिको शासनमा चल्ने सिकाउने वताए। विविधताले भरिपूर्ण नेपाल र नेपाली हितका लागि संघीयतालाई सफल पार्ने र संविधानको कार्यान्वयन सवैको दाहित्व हुने विश्वास उनले व्यक्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले विन्ध्यवासिनी देवीको मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल भएकाले यसको संरक्षण र सम्वद्धनमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताए। यस्ता धार्मिक स्थलहरुले राष्ट्रिय एकताको भावना जागृत गर्ने काम गर्ने छ, उनले भने—मन्दिरले भेटिको व्यवस्थापनसँगै मन्दिर क्ष्इोत्रको विकास गर्नु राम्रो कार्य हो।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशवहादुर श्रेष्ठले नेता, भारत लगायत विभिन्न देशवाट मन्दिरमा बार्षिक ६ लाख धार्मिक पर्यटक आउने वताए। लिफ्टवाट मन्दिरसम्म पुग्न अपाङ्ग, अशक्त र बृद्धवृद्धालाई निःशुल्क व्यवस्था गरिने अध्यक्ष गणेशवहादुर श्रेष्ठले बताए।

एकै ठाँउमा विन्ध्यवासिनी, गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवी, सीताराम र लक्ष्मीनारायणको दर्शन मन्दिर परिसरमा गर्न सकिने भएकाले पनि धेरैको चाहना विन्ध्यवासिनी मन्दिरमा पुग्ने नै हुन्छ ।

पोखराको महत्वपूर्ण धार्मिक स्थलको रुपमा प्रसिद्ध विन्ध्यवासिनी मन्दिरलाई मानिन्छ। मन्दिरमा पूजाआजा र दर्शन गर्न आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको संख्या दिनप्रतिदिन वढ्दो छ। अशक्त, वृद्धवृद्धा र अपाङ्गले मन्दिरमा दर्शन गर्न सहजै सक्ने अवस्था भने थिएन। मन्दिरसम्म पुग्न २५ फिट उचाई रहेतापनि अपाङ्ग र वृद्धवृद्धालाई भने असहज वनेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width