आमालाई खाना लिएर पूर्वराजा ज्ञानेन्द्र अस्पताल

एजेन्सी
फागुन २३, २०७५
gyanendra-shah


काठमाण्डौ, २३ फागुन । दुई दिन अघि नर्भिक अस्पतालमा भर्ना गरिएकी पूर्व मुमा बडामहारानीलाई खाना लिएर पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल पुगेका छन् ।

झापाबाट बुधवार पूर्वराजा शाह साँझ काठमाण्डौ आएपछि खाना लिएर नर्भिक अस्पताल पुगेका हुन् । विहीवारदेखि नै पूर्वी तराईको भ्रमणमा जाने कार्यक्रम रहेपनि आमा रत्न विरामी भएपछि उनी त्यो कार्यक्रम रद्द गरेर काठमाडौँ फर्किएका हुन् ।
९० वर्षीया रत्नको स्वास्थ्यमा समस्या देखिएपछि फागुन २१ देखि अस्पतालमा उपचाररत छिन्। २४ माघदेखि झापाको दमकस्थित हिमालयन टि गार्डेनमा रहेका पूर्वराजा शाह आमा बिरामी परेपछि पूर्वी तराईको भ्रमण रद्द गरी काठमाडौं फर्किएका हुन्।

केही खाना र कोसेलीसहित नर्भिक अस्पताल पुगेका शाह बिरामी आमासँग राती करिब दुई घण्टा आमाको हेरचाहमा बसेका थिए । निर्मल निवासमै तयार पारिएको खाना ज्ञानेन्द्र सवार बा २ च १८८२ नम्बरको गाडीमा हालेर नर्भिक अस्पताल पु¥याएका थिए ।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width