विप्लवको बन्दले जनजीवन प्रभावित

एजेन्सी
फागुन २३, २०७५
dang city


दाङ, २३ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको राप्ती बन्दले ती जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रहरी प्रशासनले विना कारण आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लवको राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्दको आह्वान गरेको हो । बन्दले ५ वटै जिल्लाको जनजीवन प्रभावित बन्नुको साथै यातायात, शिक्षण संस्था र व्यापारिक केन्द्र ठप्प छन् ।

बन्दका कारण रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । त्यहाँका बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् ।

बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् ।प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।

यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । यी सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग उनीहरुको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width