पोखरा, २२ फागुन । जुन वेला मन्दिरमा पूजा गर्न सुरु भयो, त्यतिवेला पोखराको जनसंख्या हजारको संख्यामा थियो । मन्दिरमा पूजाआजा र दर्शन गर्न पुग्नेको संख्या पनि न्यून हुन्थ्यो । जनसंख्या वृद्धिसँगै पछिल्ला बर्षमा मन्दिरमा पूजाआजा र दर्शन गनेर्को संख्या दैनिक दुई हजार छ ।
पोखराको महत्वपूर्ण धार्मिक स्थलको रुपमा प्रसिद्ध विन्ध्यवासिनी मन्दिरलाई मानिन्छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको संख्या दिनप्रतिदिन वढ्दो छ । अशक्त, वृद्धवृद्धा र अपाङ्गले मन्दिरमा दर्शन गर्न सहजै सक्ने अवस्था भने थिएन । मन्दिरसम्म पुग्न २५ फिट उचाई रहेतापनि अपाङ्ग र वृद्धवृद्धालाई भने असहज वनेको थियो ।
विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्न थालिएको पनि दुई सय ४० बर्ष पुगेको छ । सिद्धिनरसिंह मल्लका पालादेखि नै मन्दिरमा पूजाआजा गर्न थालिएको स्थानीय बुढापाकाको भनाई छ । पछिल्लो समय भारत, नेपाल तथा अन्य देशका वृद्धवृद्धा, अशक्त र अपाङ्गले मन्दिरमा पूजाआजा र दर्शन गर्न चाहना राख्ने गर्छन । तर, मन्दिरमा पुग्न शारिरिक रुपमा नसक्ने अवस्था रहेका गुनासा थिए ।
तिनै गुनासालाई सम्वोधन गर्ने सोचका साथ बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष तथा उद्योगी गणेशवहादुर श्रेष्ठले लिफ्ट निर्माण गर्ने सोच वनाए र घोषणा समेत गरे । त्यही सोंच अनुरुप एक करोड रुपैयाँको लागतमा विद्युतीय लिफ्ट निर्माण गरियो । लिफ्ट निर्माणसँगै अव अपाङ्ग, वृद्धवृद्धा र अशक्त समेतले अब सहजै मन्दिर पूजाआजा र दर्शन गर्न सक्ने भएका छन् ।
दैनिक पूजाआजा र दर्शन गर्न आउने दुई हजार मध्य एक सयको संख्याको हाराहारीमा अशक्त रहेको मन्दिर समितिका पदाधिकारीको अनुमान छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले भने, ‘दर्शन गर्ने चाहना छ तर, मन्दिरसम्म पुग्न नसक्दा उनीहरु मन्दिरको तल्लो भागमा नै बसेर फर्कने गरेको थुप्रै दृष्य देख्नु पर्ने अवस्था थियो । न त उनीहरुलाई कसैले बोकेर नै मन्दिरसम्म लैजान्थे । ’
हुण्डाई मोटर कम्पनी, कोरिया र लक्ष्मी गु्रपको सहकार्यमा लिफ्ट निर्माण गरिएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशवहादुर श्रेष्ठले भारतदेखि विन्ध्यवासिनी मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकमध्ये हिडडुल गर्नसक्ने मन्दिरसम्म पुग्ने तर ठूलो शरिर र वृद्धवृद्धा मन्दिरसम्म पुग्न नसक्दा आफ्नै समूहका साथिहरुलाई कुरेर मन्दिर तल वसेका कैयौ दृष्यहरु देख्नु परेकाले लिफ्टको अबधारण ल्याइएको बताउँछन् ।
मन्दिरमा सबैले पूजाआजा र दर्शन गर्न सकुन भनेर नै एक बर्ष अघि शीलन्यास गरिएको उक्त लिफ्टको उद्घाटन विहीवार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
लिफ्टवाट मन्दिरसम्म पुग्न अपाङ, अशक्त र बृद्धवृद्धालाई निःशुल्क व्यवस्था गरिने अध्यक्ष गणेशवहादुर श्रेष्ठले बताए । विन्ध्यवासिनी मन्दिरमा वार्षिक रुपमा करिब ६ लाख भन्दा वढी धार्मिक पर्यटक पुग्ने गर्छन । विन्ध्यवासिनी मन्दिरको परिसरमा विभिन्न चार्डहरुमा बिशेष पूजन,प्रवचन तथा धार्मिक उत्सव गरिदै आएको छ ।
‘ती उत्सव, पूजन र धार्मिक उत्सव अवलोकन गर्न समेत अब अशत्तहरुले सक्ने छन्,’ सचिब तीर्थ श्रेष्ठले बताए । अपाङ्हरुलाई लक्षित गरी मन्दिर परिसरमा अपाङ्गमैत्री शौचालय निर्माण सुरु गर्न लागिएको उनले जानकारी दिए । एकै ठाँउमा विन्ध्यवासिनी, गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवी, सीताराम र लक्ष्मीनारायणको दर्शन मन्दिर परिसरमा गर्न सकिने भएकाले पनि धेरैको चाहना विन्ध्यवासिनी मन्दिरमा पुग्ने नै हुन्छ ।
मन्दिर परिसरमा पुस्तकालय, गुरुकुल विद्याश्रम, यज्ञमण्डप, वहुउदेश्यीय सभाहल, सन्त निवास र अतिथि गृह, संगीत प्रशिक्षण केन्द्र छन् । वाटर फाउन्टेन र वाटिका निर्माण गरिसकिएको छ भने अव विन्ध्यवासिनी मन्दिरका लागि आवश्यक पानी अभावलाई हटाउने उदेश्यले वोरिङको काम सुरु गर्ने तयारी गरिएको समितिका सदस्य सिरोज कोइरालाले बताए । गुम्वज शैलीमा बनेको सेतो रंगको अष्टभुजाकार मन्दिरले विन्ध्यवासिनी माताको निर्गुण स्वरुपको संकेत गर्दछ ।
पित्तलको द्वार अगाडि राखिएको पित्तलबाटै निर्मित दुई सिंहका आकृत्तिहरु विन्ध्यवासिनी मन्दिरका छन् ।
Related News
सम्बन्धित समाचार
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
hero news full width
मुख्य समाचार
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
बाहिरियो नेपालबाट मनसुन
असाेज २६, २०८१कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१