पोखरा, २२ फागुन । विगतका वर्ष जस्तै यस वर्ष पनि रेडियो जननी ९०.६ ले अन्तराष्ट्रिय श्रमिक महिला दिवस एवं जननी अवार्ड २०७५ गर्ने भएको छ ।
‘उद्यमशीलता, स्वतन्त्रता र समानता’को नारालाई आत्मसात् गर्दै स्थापना भएको रेडियोले ‘ब्यालेन्स फर बेटर’ भन्ने मूल नाराका साथ मनाउन लागेको १०९ औँ अन्तराष्ट्रिय महिला दिवसका दिन फागुन २४ गते शुक्रबार विषेश कार्यक्रम गर्ने भएको हो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसका दिन जननी अवार्ड कार्यक्रम भब्य रूपले मनाउनका लागि तयारी पूरा भएको रेडियो जननी ९०.६ का अध्यक्ष मिलन थापाले जानकारी दिएकी छन् ।
समाजमा उद्यमशीलतालाई अगाडि बढाउने र फरक खालको भूमिका निर्वाह गर्ने सोंचका साथ अगाडि बढिरहेको रेडियोले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने गरेको थापाले बताइन् । सम्मान कार्यक्रमले महिलाहरुलाई सामाजिक गतिविधिमा अझ सक्रिय रुपमा अगाडि बढ्न प्रेरणा दिलाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रमको अवसरमा विगतको बर्ष जस्तै समाजमा उत्कृष्ट योगदान पुर्याएका महिला /आमा समूहलाई ‘जननी अवार्ड –२०७५’ र गण्डकी प्रदेशमा रहेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका महिलाहरुलाई ‘जननी सम्मान–२०७५’ प्रदान गरिने कार्यक्रम संयोजक एवं रेडियोका कार्यकारी निर्देशक सबिता शेरचनले बताइन् ।
यस वर्ष रेडियोले लैङ्गिक हिंसा न्यूनिकरण र कानूनी सचेतना केन्द्रीत रहेर विषेश कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा अधिवक्ता ईन्दु तुलाधरले लैङ्गिक हिंसा न्यूनिकरण र कानुनी सचेतना केन्द्रीत रहेर प्रशिक्षण दिने भएको रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले जानकारी दिइन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि कार्यकारी निर्देशक सविता शेरचन संयोजक, कार्यक्रम व्यवस्थापन संयोजकमा स्टेसन म्यानेजर बिमला भण्डारीसहित विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
जसअन्तर्गत जननी सम्मान–२०७५ मा रेडियोका संस्थापक एवं सल्लाहकार लक्की कार्की, जननी अवार्ड–२०७५ मा रेडियोका अनुगमन संयोजक सिता पाण्डे, अर्थ संयोजकमा रेडियोका कोषाध्यक्ष जुना पोखरेल पन्त रहेका छन् ।
उक्त छनौट समिति गठन गरि ५ सय वटा समूहलाई जननी अवार्डका लागि फाराम भर्न लगाइएकोमा विभिन्न चरणमा गरी जम्मा ६६ वटा समुह फाइनलमा प्रवेश गर्न सफल भएको जननी अवार्डका संयोजक सिता पाण्डले जानकारी दिइन् ।
६६ समुहमध्येबाट उत्कृष्ट ३ समूहलाई जननी अवार्ड प्रदान गरिने संयोजक पाण्डेले बताइन् । कार्यक्रमको दिन पोखराका ३३ वटै वडाका सम्पूर्ण समूहको सहभागिता रहने पाण्डेले जानकारी दिइन् ।
यस वर्ष गण्डकी प्रदेशमा रहेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत उद्यमशीलतातर्फ चिनु गुरुङ, स्वास्थ्य क्षेत्रतर्फ जिता बराल, पर्यटनतर्फ सौमाया गुरुङ भट्टराई, साहित्य क्षेत्रतर्फ रमा पराशर, धार्मिक क्षेत्रतर्फ ब्रह्मकुमारी पुनम गुरुङ, सहकारी क्षेत्रतर्फ सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पवित्रा केसी, सामाजिक क्षेत्रतर्फ ईश्वरी गुरुङ, महिला तथा बालबालिकातर्फ गोर्खा जिल्लाका सम्झना देवकोटा, अपाङ्गतातर्फ अन्जना केसी र खेलकुदतर्फ पुनम गुरुङलाई जननी सम्मान–२०७५ द्धारा प्रदान गरिने भएको छ ।
सोही दिन रेडियो पाचौँ वर्ष पुरा गरि छैटौँ वर्षमा प्रवेश गर्दै छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस कै दिन वार्षिकोत्सव पनि परेकाले रेडियोले सांगितीक कार्यक्रम समेत गर्ने भएको छ । कार्यक्रमलाई प्रभावकारी रुपमा सफल बनाउनका लागि नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम
बालविवाहविरुद्ध सडक नाटक
वाराही माविको ६६ औं वार्षिकोत्सव
युनिप्स खेल महोत्सव आज समापन
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०