पुरुषतर्फको ‘क्रिकेटर अफ दि इयर’को अवार्ड सन्दिप लामिछानेले जिते

narayan shahi नारायण शाही
फागुन २३, २०७५
CPAN

पोखरा, २३ फागुन । क्रिकेटर अफ दी इयरको पुरुषतर्फको अवार्ड सन्दिप लामिछानेले जितेका छन् ।

नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले आयोजना गरेको विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने कार्यक्रममा उत्कृष्ट पुरुष क्रिकेट खेलाडीको उपाधि लामिछानेले जितेका हुन् ।

यस्तै, उत्कृष्ट महिला क्रिकेटको उपाधि सिता रानामगरले जितेकी छिन् । उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पार्दै सिताले उत्कृष्ट महिला क्रिकेटको उपाधि जितेकी हुन् ।

त्यसैगरी, नेपाली क्रिकेटमा यो बर्षमा भएको मोमेन्ट अफ द इयरको अवार्ड करण केसीले जितेका छन् । उदयीमान खेलाडीको अवार्ड रोहितकुमार पौडेलले जितेका छन् ।

यता, नेपाली क्रिकेट खेलका लागि आफ्नो जीवन ब्यतित गरेका कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मान गरिएको थियो । क्रिकेट र फुटबल दुबैमा खेलाडी जीवन विताएका पाण्डेले निकै लामो समय कीर्तिपुर क्रिकेट मैदानको क्युरेटरको काम गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads