म्याग्दी, २२ फागुन । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा सुबिधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गपरिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले दुई करोड छ लाख रुपैयाँको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं २०७१ पुसदेखि शुरु भएको भवनको मङ्गलबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गरेका छन् । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख चाँदनी गुरुङले बताइन् ।
यसअघि राम्चेस्थित सामुदायिक भवनको दुई साँघुरो कोठामा स्वास्थ्यचौकी सञ्चालन हुने गरेको थियो । नयाँ भवनमा प्रशासनिक, खोप, गर्भजाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ कोठा छन् ।
सभाहल र दुई परिवार कर्मचारीका लागि तीन÷तीन कोठा पनि छन् । स्वास्थ्यचौकीले इन्टरनेटको प्रयोग गरेर टेलिमेडिसीन सेवा पनि सञ्चालन गरेको छ । १८ महीनामा सम्पन्न गर्ने लक्ष्य भए पनि भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र प्रतिकूल मौसमका कारण ढिलाइ भएको निर्माण कम्पनी मृतक–सञ्जिवनीका प्रतिनिधि विनोद भट्टचनले बताए ।
अपाङ्गमैत्री भवन निर्माणका लागि दुई परिवारले छ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए । उद्घाटन समारोहमा दुई रोपनी १२ आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका सुखबहादुर तिलिजा र तीन रोपनी तीन आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका चन्द्रबहादुर तिलीजाका परिवारलाई सम्मान गरिएको थियो ।
उद्घाटन समारोहमा जिसस प्रमुख केसी, गाउँपालिकका अध्यक्ष डमबहादुर पुन, प्रजिअ लीलाधर अधिकारी, उपाध्यक्ष केशमाया मगरलगायतले भवनमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरेर प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । राम्चे अन्नपूर्ण गाउँपालिकाको विकट बस्ती हो ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०