पोखरा, २१ फागुन। कम्प्युटर एशोसिएसन महासंघ (क्यान) कास्कीद्वारा आयोजित दसौं संस्करणको क्यान इन्फोटेकमा रोबोर्ट प्रतिस्पर्धा भएको छ। पश्चिमाञ्ल इञ्जीनियरिङ कलेजका विद्यार्थीले निर्माण गरेका ट्रयाकर रोबार्टबीच प्रतिस्पर्धा भएको हो।
प्रतिश्पर्धामा निश्चल दाहाल, आकाश जैशी पौडेल र अजय केसीको समूहले निर्माण गरेको ‘म्याजिक ह्विल’ नामक रोबर्ट प्रथम भएको छ। सागर थापा र किशोर जिसीले निर्माण गरेको ‘अननोन’ नामक रोबोर्ट द्वितीय भएको कार्यक्रम संयोजक सुरेश सापकोटाले जानकारी दिए। सोमबारदेखि सुरु ‘क्यान इन्फोटेक’को गण्डकी प्रदेशका आन्तरिक मामिना तथा कानूनी व्यवस्थामन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए।
इन्फोटेकमा बृहत् सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्वीज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण भइरहेको सचिव विकास भुर्तेलले जानकारी दिए।
इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ। इन एसोसिएसन विथमा आइएमई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टीपी लिंक टे«डर्सले साथ दिएको छ। दसौं संस्करणको प्रदेशस्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फूड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा जारी छ।
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत
पर्यटन बसपार्क जिम्मा ए वानलाई
पोखरामा मनाइयो अपांगता दिवस
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०