पोखरा, २१ फागुन। पोखरा–११, काहुँमा नवनिर्मित केदारेश्वर महादेवमणि मन्दिर महाशिवरात्रि अवसरमा उद्घाटन गरिएको छ।
प्र्रमुख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम बैदामका पीठाधीश डा लेखनाथ आचार्यले उद्घाटन गर्दै हिन्दू धर्म सर्वश्रेष्ठ धर्म रहेको बताए। उनले कहीकतैबाट यस धर्मप्रति विचलन हुन नदीन सबै सचेत रहनुपर्ने बताए।करिब तीन रोपनी क्षेत्रफलमा १६ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त मन्दिर विसं १९८४ सालमा केदार गिरीले निर्माण गरेका थिए।
मन्दिर समिति अध्यक्ष खुमकुमारी रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण संयोजक तीर्थबहादुर बस्नेत, समाजसेवी एवम् चन्दादाता टीकाबहादुर कार्की, वडा सदस्य मीनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए। चन्दादातालाई सम्मान गरिएको सो कार्यक्रममा कोषाध्यक्ष रामकृष्ण लामिछानेले आर्थिक प्रतिवेदन पेस गरेका थिए। यस्तै, समिति उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले स्वागत र सचिव काशिनाथ लामिछानेले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०