पोखरा, २१ फागुन। पोखरा महानगरपालिका वडा नं. ५ पार्क सञ्चालन समिति र पर्स्याङ बगैचा पार्क निर्माण समितिद्धारा पर्स्याङ बगैचा पार्क स्थित सन्तानेश्वर शिवालय मन्दिर परिसरमा महाशिवरात्री महोत्सव सम्पन्न भएको छ।
महोत्सबको उदघाटन गर्दै प्रमुख अथिति सांसद एवम् उद्योगपति सूर्यबहादुर केसीले सबै धर्मका गुरु शिव सबैको साझा भएको बताए। पर्स्याङ आफ्नै पुस्ताहरुको थलो रहेको स्मरण गर्दै आफु उक्त क्षेत्रको विकासका लागि सहयोग गर्न सधै तत्पर रहेको उनको भनाई थियो। वडा नम्बर ५ का वडा अध्यक्ष धन बहादुर नेपालीले आफ्नो वडामा भएका पार्क संरक्षणका लागि आफु कटिबद्घ रहेको बताए। कार्यक्रममा राजयोगिनी ब्रहकुमारी सुदा दिदि, समाजसेवी द्रोण राज अधिकारी, हेडम्ब प्रसाद कोइराला लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए।
महोत्सबमा केदारेश्वर महादेब मन्दिरका पिठादिश डा. लेखनाथ आचार्यले शिबरात्रीको ब्रतकथा एबं धार्मिक प्रबचन दिएका थिए। महाशिवरात्री महोत्सब मूल समारोह समितिका संयोजक रामजी प्रसाद कोइरालाले महोत्सब सफल भएको बताए।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०