ø;
पोखरा, २१ फागुन। होटल क्षेत्रको लगानीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषय अहिलेको मुख्य मुद्दा भएको व्यवसायीले बताएका छन्।
पश्चिमाञ्चल होटल संघ पोखराको मंगलबार आयोजित १९ औं अधिवेशन तथा ३८ औं साधरण सभामा बक्ताहरुले होटल क्षेत्रमा बार्षिक अबौर्ं रुपैयाँको लगानी थपिंदै गएको तर यसको संरक्षणतर्फ सरकार उदासिन देखिएको आरोप लगाए।
पछिल्लो क्रममा होटलको संख्या बढ्दा होटलको अकुपेन्सी दर भने घट्न पुगेको उनीहरुले बताए। यही क्रममा बैंकहरुले कर्जाको ब्याजदर मनोमानी ढंगले बढाएको भन्दै सरकारले यसविरुद्ध तत्काल हस्तक्षप गर्नुपर्ने उनीहरुको भनाई थियो।
पोखरामा नयाँ विमानस्थल बन्दै गरेको तर पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गको स्तारोन्नती पनि जरुरी भएको सो अवसरमा जोड दिइएको थियो। कार्यक्रमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि पूर्वाधारको विकास हुनुपनेर्मा जोड दिए। होटलहरुले स्तरीय सेवा दिनेतर्फ पनि सचेत हुनुपर्ने सुझाव उनको थियो।
गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले सहासिक र खेल पर्यटनको विकासमा पनि थुप्रै काम गर्न बाँकि नै रहेको बताए। पाहुना नै भगवान हुन् अर्थात् अतिथि देवो भवः लाई मुख्य ब्राण्ड नै बनाएर नेपाल अन्तराष्ट्रिय रुपमा प्रबर्दित हुन सक्ने उनले बताए।
सो अवसरमा बोल्दै प्रदेश सभासद राजीव पहारीले पोखरालाई ग्रिन क्लिन सिटी बनाउनुपर्ने बताए। हिमागृहलाई तत्काल खोल्नुपर्ने भन्दै उनले फेवा तालको माटो निकाल्ने काम रोकिन नहुने उनले बताए। संघका पूर्व अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले होटल बचाउने दायित्व सरकारको पनि भएको बताए। होटल क्षेत्रमा सबैभन्दा ठूलो लगानी भएको उनले सुनाए।
नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य एवं होटल संघ नेपालका सदस्य विप्लव पौडेलले व्यवसायीको संरक्षण र नेपालको प्रबद्र्धन आफ्नो मूल नारा भएको भन्दै बंगलादेशमा नेपाल प्रबद्र्धन गर्ने गरी छिटै योजना आफूले लिएर आउने प्रतिबद्धता जनाए।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सडक नबनेसम्म हिमाल हाँसे पनि पर्यटन नआउने बताए। पर्यटन बसपार्कक सम्बन्धि सम्झौता छिटै हुने भन्दै उनले यही बर्ष भित्र पोखराका १० चोकमा ट्राफिक लाइट राखिने जानकारी दिए। होटल संघ नेपालका कोषाध्यक्ष साजन शाक्यले पोखरा दक्षिण एशियाको पर्यटकीय ढोका बन्न सक्ने भनाई राखे।
संघका अध्यक्ष विकल तुलाचनको सभापत्विमा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराई, संघका महासचिव गणेशराज पहारी र उपाध्यक्ष लक्ष्मण सुबेदीले पनि भनाई राखेका थिए। कार्यक्रममा बोर्डका सदस्य पौडेल र टेनिस मार्फत् पर्यटन प्रबद्र्धनमा सहयोग गरेको भन्दै कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो। संघले फेवा संरक्षणमा गरेका कामहरुबारे फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डका तर्फबाट प्रस्तुती पनि दिइएको थियो।
Related News
सम्बन्धित समाचार
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
लेखनाथ महोत्सव तयारी तीव्र
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०