पोखरा, २१ फागुन। शिवरात्रीको अवसरमा पोखरा महानगरपालिका वडा नं २६ सिलिङ्गे बगैचामा आयोजित नवौं सिलिङ्गे महाशिवरात्री मेला–२०७५ सम्पन्न भएको छ।
जटाशंकर धार्मिक विकास समितिले फागुन १९ देखि मेला आयोजना गरेको हो। मेलामा अखण्ड रुद्राभिषेक, सामुहिक ब्रतवन्ध, ग्रह स्वस्ति शान्ति, महाआरती, रात्रीकालिन दिप प्रज्वलन गरिएको थियो।
त्यस्तै, शिवमहिमा कथा प्रवचन गर्नुको साथै कलाकारहरुद्वारा सांगीतिक भजन कीर्तनसमेत गरिएको थियो।
मेलाको समापनमा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले धार्मिक गतिविधिलाई अघि बढाउन सहयोग गर्ने उल्लेख गरे।
कार्यक्रममा नेपाली काँग्रेसका सचिव देवेन्द्र रानाभाट, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, समाजसेवी हरिप्रसाद अधिकारी, भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालिका आयोजना प्रमुख बसन्तमोहन भट्टराई, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य रमेश राजभाट, पोखरा–२६ का वडा सदस्य मुरली थापा, खड्कबहादुर रानाभाट, समितिका पूर्वसचिव विष्णुप्रसाद अधिकारीले बोलेका थिए।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रुकु थापाले स्वागत र सचिव विकास रानाभाटले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०