पाउँदुर धारापानी शिवालयमा भएको भजन प्रतियोगितामा सहभागी कलाकारहरु। तस्विरः श्रीभद्र पौडेल/आदर्श समाज।
पाउँदुर धारापानी शिवालयमा भएको भजन प्रतियोगितामा सहभागी कलाकारहरु। तस्विरः श्रीभद्र पौडेल/आदर्श समाज।
हेमजा, २१ फागुन। अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुर धारापानी शिवालय व्यवस्थापन समितिको आयोजना तथा धारापानी माविको सह–आयोजनामा सोमवार भएको भजनचुड्का प्रतियोगितामा रानीथोक टोल विकास संस्थाको समूह प्रथम भएको छ।
उक्त प्रतियोगितामा सह–आयोजक धारापानी माविको समूह द्वितिय, समाजसेवा युवा परियारको समूह तृतीय साथै सिर्जना आमा समूह सान्त्वना भएका छन्। प्रथम, द्वितिय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमशः रु.१२ हजार, रु. ८ हजार, रु.४ हजार, रु. २ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा परशु आधारभूत विद्यालय समूहको नृत्य उत्कृष्ट हुन सफल भयो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी मन्दिर व्यवस्थापन समितिका पुर्व अध्यक्ष हरीलाल पौडेलले संस्कार, संस्कृतिका राम्रा पक्षलाई अनुज पुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिर्दै नयाँ पुस्तामा नैतिक शिक्षाको अभाव रहेको बताए। उनले शिवरात्रीको महिमा माथि प्रकाश पनि पारेका थिए।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, धारापानी माविका अध्यक्ष भेषराज पौडेल, पाउँदुर युवा संजालका अध्यक्ष लोकनाथ पौडेल, वडा सदस्य कमला केसी, समाजसेवी रञ्जना केसी र कुमार गुरुङ, स्थानीय रामबहादुर गुरुङ र तिर्थराज पौडेलले आफ्ना भनाई राखेका थिए।
कुल ११ समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा माछापुच्छ्रेमाविका शिक्षक नारायणप्रसाद भण्डारी तथा पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक सुरज पौडेलले निर्णयकको भुमिका निर्वाह गरेका थिए।
शिवालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा कोषाध्यक्ष डिल्लीराम पौडेलले स्वागत तथा धारापानी माविका शिक्षक शिवप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
hero news full width
मुख्य समाचार
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७