ढिकुरपोखरीस्थित नर्वदेश्वर शिव पञ्चाङ मन्दिरमा सोमवार पुजा गर्दै प्रदेश सांसद राजीव पहारी।
हेमजा, २१ फागुन। अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीस्थित नर्वदेश्वर शिव पञ्चाङ्ग व्यवस्थापन समितिको आयोजनामा सोमवार भएको खुल्ला भजनचुड्का प्रतियोगितामा अन्नपूर्ण–३, पुरानो मैदानस्थित समाजसेवा युवा परिवार प्रथम भएको छ।
उक्त प्रतियोगितामा अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित नर्वदेश्वर शिव भजन समूह द्वितिय साथै अन्नपूर्ण–६, लुम्लेस्थित शिवशक्ति भजन समूह तृतीय भएका छन्।प्रथम, द्वितिय र तृतीय भएसँगै ति समूहहरुले क्रमश नगद रु. १० हजार, ६ हजार र चार हजार साथमा प्रमाणपत्र पुरस्कार पाएका छन्। प्रतियोगितामा पञ्चासे भजन समूहको नृत्य उत्कृष्ठ भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले आफू जनताको विकासमा अहोरात्र खट्ने चर्चा गर्दै जनतालाई समृद्घिको यात्रामा लम्काउनुपर्ने बताए। उनले दुई महिनाको तलव मन्दिर व्यवस्थापन समितिलाई सहयोग गर्ने बचतबद्घता पनि व्यक्त गरे। संस्कार, संस्कृतिका राम्रा पक्षलाई अनुशरण गर्दै जानुपर्ने पनि उनले औँल्याएका थिए।
त्यसअवसरमा उद्योगपति यदुनाथ अधिकारी, गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चुडामणि अधिकारी, वडा सदस्यहरु देवराज भण्डारी र भगवती भण्डारी, निर्णयक संयोजक प्रेमराज अधिकारीलगायतले भनाई राखेका थिए। उनीहरुले मन्दिर परिसरलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्नुपनेर्मा जोड दिए।
कार्यक्रमबीच सहयोगदाताहरु, पुर्व अध्यक्षत्रय यमप्रसाद भण्डारी, रुद्रप्रसाद भण्डारी र प्रेमसागर भण्डारी, मन्दिरका पुजारी नरहरी भण्डारी, पत्रकार श्रीभद्र पौडेललगायतलाई सम्मान गरिएको थियो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्ण भण्डारीले स्वागत तथा संचालन सचिव रमेशराज भण्डारीले गरेका थिए। मन्दिर क्षेत्रको ई.रमेश पौडेलले डीपीआर गरिरहेको पनि जनाइएको छ।
Related News
सम्बन्धित समाचार
फेदीखोलामा मजदुरलाई परिचयपत्र
कावासोती र सहरी विकासबीच सम्झौता
सडक बालबालिकाको अवस्था बुझ्दै मन्त्री महतो
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
जिल्लाकै नमूना तथा परम्परागत आश्रम बनाउन भूमिका निर्वाह गर्ने छुः पूर्व मिस नेपाल खतिवडा
hero news full width
मुख्य समाचार
बालुवाटार छिरे विप्लव
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
फागुन २०, २०७७सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
फागुन २०, २०७७