घैयाखेतमा ज्योर्तिलिङ्ग शिवालय मन्दिर

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७५
Ghaiya Khet Mandir Nirman_Fotor

पोखरा, २१ फागुन। पोखरा—२२ को घैयाखेतमा ४५ लाखको लागतमा ज्योर्तिलिङ् शिवालय मन्दिर निर्माण सुरु गरिने भएको छ। महाशिवरात्रीको अवसर पारेर लिलाभक्त फाउण्डेशनका अध्यक्ष लिलाभक्त आचार्यले सिलान्यास गरेका हुन्।

उक्त स्थान पोखरा—२२ भएपनि मन्दिर छोरेपाटन नजिकै हुँदा २०४३ सालमा स्थानीय प्रविधिबाट निमार्ण गरी पूजा आजा गर्दै आई रहेकोमा २०७४ मा विधिवत दर्ता गरी मन्दिरको स्वरुप परिवर्तन गर्न लागिएको हो। प्यागोडा शैलीमा निर्माण हुने उक्त मन्दिरको लागत स्टिमेट करिब ४५ लाख रहेको निर्माण समितिले जनाएको छ।

मन्दिरको सिलन्यास गर्दै आचार्यले आफ्नो मन्दिर यो क्षेत्रकै ज्योतिस्वरुपको मन्दिर निर्माण गरिने र त्यसका लागि स्थानीय बासिन्दाहरुको सहयोग आवश्यक पर्ने बताए। वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले मठ मन्दिर, पाटी पौवा, चौतारी जस्ता धार्मिक आस्था बोकेका बस्तुहरु निर्माण गर्नु, त्यसको संरक्षण गर्नु मानव धर्म भित्र पर्ने बताए।

पर्यटकीय गन्तव्य समेत रहेको मन्दिर कलात्मक रुपमा निर्माण गर्न व्यक्तिगत तथा संस्थागत रुपमा हरेक क्षेत्रवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अर्यालले करिव ४५ लाखको लागतमा कलात्मक मन्दिर निर्माण गरिने बताए। मन्दिर निर्माणका लागि वडा तथा सर्वसाधारणवाट सहयोग समेत प्दान भइरहेको वताइएको छ। गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले मन्दिर संरक्षणका साथमा दैनिक पूजा चलाउनु चुनौती भएको बताए।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width