पोखरा, २१ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्र अधिकारीका अधुरा कार्यलाई पुरा गर्न तीन तहका सरकार सक्रिय हुनु पर्नेमा जोड दिएका छन् ।
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीको सातौ दिन मंगलबार नेकपा कास्कीद्धारा मालेपाटन स्थित अधिकारीको निवासमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै मुख्यमन्त्री गुरुङले भने —मन्त्री अधिकारीले सुरु गरेको पोखरा, गौतमबुद्ध र निजगढ विमानस्थल समयमा नै सम्पन्न गर्ने तर्फ सरकार लाग्नु पर्छ ।
पर्यटन क्षेत्रको विकासमा उनले अतुलनीय योगदान छ, मुख्यमन्त्री गुरुङले भने— सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्छ । रवीन्द्र अधिकारी पार्टीका कार्यकर्ता भित्र पनि लोकप्रिय भएकाले उनलाई पार्टीले प्रशिक्षणमा खटाउदै आएको र अधिकारको लागि आफ्नै पार्टीका अध्यक्षसँग समेत प्रतिवाद गर्थे ।
नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले रवीन्द्रका अधुरा कार्यलाई पुरा गर्न नेकपा र सरकार संगठित रुपमा लाग्नु पर्नेमा जोड दिए । रवीन्द्र अधिकारीले पार्टीलाई बलियो वनाउन महत्वपूर्ण भूमिका खेलेको र उनको मृत्युले पार्टीलाई ठूलो नोक्सान पु¥याएको बताए ।
नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले सकरात्मक सोचका धनी रवीन्द्र अधिकारीका शेकलाई शक्तिमा वदल्नु पर्नेमा जोड दिए । देशको समृद्धिका लागि सधै चिन्तित नेता अधिकारी समाज रुपमान्तरणका लागि क्रियाशील थिए ।
मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले सरकार, नेकपा र आम समुदायले स्वर्गीय अधिकारी र परिवारप्रति देखाएको माया र सहानुभूतिप्रति आभार व्यक्त गर्दै रवीन्द्रले अघि सारेका विकास निर्माणलाई पूर्णता दिन आग्रह गरिन् । उक्त श्रद्धाञ्जलि सभामा स्वर्गीय अधिकारीका परिवारलाई पार्टीको तर्फबाट समवेदना–पत्र प्रदान गरिएको थियो ।
नेकपा कास्कीका संयन्त्र सदस्य दीपक कोइरालाको अध्यक्षतामा भएको उक्त श्रद्धाञ्जलि सभामा पार्टीका नेता एवं मन्त्रीहरुले कार्यकर्ता, सार्वसाधारण, स्वर्गीय अधिकारीका बुबा इन्द्रप्रसाद, आमा लक्ष्मीदेवी, धर्मपत्नी विद्या भट्टराई छोराहरु विराज र स्वराज, विपक्षी दलका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको तस्वीरमा फूलमाला चढाएका थिए । फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारीको १७ गते सेती नदीस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०