काठमाडौ २१ फागुन । इरानमा आपत्कालिन औषधि र चिकित्सक बोकेको हेलिकोप्टर दुर्घटना हुदा पाँच जनाले ज्यान गुमाउनु परेको छ ।
दुर्घटनामा परी हेलिकोप्टर सवार सवैको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना ग्रस्त अबस्थामा फेला परेको छ।
गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षीया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो, आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भने।
चालक दलका तीन र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको छ। पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घटना भएको हो । इरानमा बेला बेलामा हेलिकोप्टर तथा विमान दुर्घटना भइरहने गरेका छन्। अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।
Related News
सम्बन्धित समाचार
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश
इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते
गृहमन्त्रीको हत्या प्रयास
भारतमा कोभिड–१९ संक्रमितकाे संख्या १ करोड १० नाघ्यो
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७