लोकभजन संरक्षण प्रयास

रासस
फागुन २१, २०७५
maxresdefault


बागलुङ, २१ फागुन । काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा अघिल्ला वर्षका शिवरात्रिमा भन्दा यो वर्ष भिन्नै चहलचहल देखिन्थ्यो । शिवरात्रि पूजाआजामा मात्र सीमित थिएन । पहिलोपटक आयोजना गरिएको राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थपेको थियो । मेला, महोत्सवकै झल्को दिने प्रतियोगितामा भक्तजनरदर्शक खुलेर रमाएका थिए ।

भजनको तालमा नाचेर आनन्द लिने भक्तजन पनि उत्तिकै देखिन्थे । कोही भजनमा व्यक्त कथा, प्रसङ्गलाई ध्यानपूर्वक सुनिरहेका थिए । प्रतियोगितामा सहभागी भजन समूहले भगवान शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतारेका थिए ।

धर्म, संस्कृतिसँगै सामाजिक विषयलाई उठान गरेर गाउने भजन समूहहरु पनि उत्तिकै थिए । बिहुँकोट खेलकूद तथा समाज विकास केन्द्रले आयोजना गरेको प्रतियोगितामा बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीका गरी १५ समूहले भाग लिएका थिए ।
संस्कृति संरक्षण र उत्थानको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।

त्रिपुरेश्वरधामको प्रवद्र्धनमा पनि प्रतियोगताले टेवा पु¥याउने हाम्रो विश्वास छ, उनले भने —मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ ल्याउन पनि यस किसिमका कार्यक्रम गरिनुपर्ने उनको भनाइ छ ।

भजन प्रतियोगिताले परम्परा र संस्कृतिको महत्व झन् बढाएको गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुलीले बताए । उनले पछिल्लो समय अन्य विधाका कलाकार पनि भजनमा आकर्षित भएको उल्लेख गरे । हामीले मौलिकता जोगाउनुपर्छ उहाँले भने “लोकभजन हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएको विषय हो ।” पछिल्लो समय देशका विभिन्न ठाउँमा भएका भजन प्रतियोगिताले नयाँ जागरण ल्याएको उनको भनाइ छ ।

प्रतियोगितामा बागलुङ, जैमिनी नगरपालिकाको जैमिनी सङ्कीर्तन समूह प्रथम, पर्वतको पार्वती गुफा भजन कीर्तन समूह द्वितीय, अमर मावि बिहुँ तृतीय र शिव मन्दिर भजन समूह सान्त्वना भएका छन् । विजयी हुनेले क्रमशः रु ५०, ३०, २० र १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

विसं २०३३ मा स्थापना भएको त्रिपुरेश्वर महादेव मन्दिर रामकोटधामको रूपमा समेत परिचित छ । जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्दै गएको मन्दिरमा वर्षेनी शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । मन्दिरसँगै संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको भाष्करानन्द स्वामीले बताउनुभयो । मन्दिरमा सन्त भवनलगायत पूर्वाधार निर्माणाधीन अवस्थामा छन् । त्रिपुरेश्वर महादेवको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी विसं २०६६ मा नयाँ मन्दिर निर्माण गरिएको हो ।

धार्मिकसँगै प्राकृतिक र सांस्कृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई रामकोट क्षेत्रले लोभ्याउने गरेको छ । पर्यटकलाई लक्षित गरेर मन्दिर नजिकैको गाउँमा हालैमात्र ‘शिवधुरी’ सामुदायिक घरबास ‘होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • शान्ति श्रीसको ‘जाम हिँड साइँली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । गायिका शान्ति श्रीस मगरको ‘जाम हिँड साइँली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत् सार्वजनिक भएको गीतमा…
  • लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा…
  • पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    लेखनाथ । पोखरा–२९ भण्डारढिकमा टोलस्तरीय फुटबल प्रतियोगिता ‘वडास्तरीय खेलकुद कप २०८०’ शनिबारबाट सुरु भएको छ । पोखरा २९ द्वारा आयोजित…
  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…

hero news full width