बागलुङ, २१ फागुन । काठेखोला गाउँपालिका–५ बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा अघिल्ला वर्षका शिवरात्रिमा भन्दा यो वर्ष भिन्नै चहलचहल देखिन्थ्यो । शिवरात्रि पूजाआजामा मात्र सीमित थिएन । पहिलोपटक आयोजना गरिएको राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थपेको थियो । मेला, महोत्सवकै झल्को दिने प्रतियोगितामा भक्तजनरदर्शक खुलेर रमाएका थिए ।
भजनको तालमा नाचेर आनन्द लिने भक्तजन पनि उत्तिकै देखिन्थे । कोही भजनमा व्यक्त कथा, प्रसङ्गलाई ध्यानपूर्वक सुनिरहेका थिए । प्रतियोगितामा सहभागी भजन समूहले भगवान शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभिनयमा उतारेका थिए ।
धर्म, संस्कृतिसँगै सामाजिक विषयलाई उठान गरेर गाउने भजन समूहहरु पनि उत्तिकै थिए । बिहुँकोट खेलकूद तथा समाज विकास केन्द्रले आयोजना गरेको प्रतियोगितामा बागलुङसँगै छिमेकी पर्वत र म्याग्दीका गरी १५ समूहले भाग लिएका थिए ।
संस्कृति संरक्षण र उत्थानको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।
त्रिपुरेश्वरधामको प्रवद्र्धनमा पनि प्रतियोगताले टेवा पु¥याउने हाम्रो विश्वास छ, उनले भने —मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ ल्याउन पनि यस किसिमका कार्यक्रम गरिनुपर्ने उनको भनाइ छ ।
भजन प्रतियोगिताले परम्परा र संस्कृतिको महत्व झन् बढाएको गायक एवं राष्ट्रिय भजन चुट्का समितिका अध्यक्ष प्रजापति पराजुलीले बताए । उनले पछिल्लो समय अन्य विधाका कलाकार पनि भजनमा आकर्षित भएको उल्लेख गरे । हामीले मौलिकता जोगाउनुपर्छ उहाँले भने “लोकभजन हाम्रो सभ्यता र संस्कृतिसँग जोडिएको विषय हो ।” पछिल्लो समय देशका विभिन्न ठाउँमा भएका भजन प्रतियोगिताले नयाँ जागरण ल्याएको उनको भनाइ छ ।
प्रतियोगितामा बागलुङ, जैमिनी नगरपालिकाको जैमिनी सङ्कीर्तन समूह प्रथम, पर्वतको पार्वती गुफा भजन कीर्तन समूह द्वितीय, अमर मावि बिहुँ तृतीय र शिव मन्दिर भजन समूह सान्त्वना भएका छन् । विजयी हुनेले क्रमशः रु ५०, ३०, २० र १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
विसं २०३३ मा स्थापना भएको त्रिपुरेश्वर महादेव मन्दिर रामकोटधामको रूपमा समेत परिचित छ । जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्दै गएको मन्दिरमा वर्षेनी शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । मन्दिरसँगै संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको भाष्करानन्द स्वामीले बताउनुभयो । मन्दिरमा सन्त भवनलगायत पूर्वाधार निर्माणाधीन अवस्थामा छन् । त्रिपुरेश्वर महादेवको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी विसं २०६६ मा नयाँ मन्दिर निर्माण गरिएको हो ।
धार्मिकसँगै प्राकृतिक र सांस्कृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई रामकोट क्षेत्रले लोभ्याउने गरेको छ । पर्यटकलाई लक्षित गरेर मन्दिर नजिकैको गाउँमा हालैमात्र ‘शिवधुरी’ सामुदायिक घरबास ‘होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ ।
Related News
सम्बन्धित समाचार
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
‘एक साँझ शिवका माझ’
धार्मिक वनको ढुङ्गामा कलात्मक आकृति
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७