काठमाडौँ, २१ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
युएईमा हुने प्रतियोगितामा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित बज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन् । प्रतियोगितामा सहभागी टोली पर्सि बिहीबार युएई प्रस्थान गर्नेछ ।
प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन् । मेडिकलमा रोजी श्रेष्ठ छन् । टोली नेतामा स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष डा शिक्षिता श्रेष्ठ रहेकी छन् । यही मार्च १४ देखि २१ तारिखसम्म हुने प्रतियोगिताका लागि अध्यक्ष श्रेष्ठ भने मंगलबार नै युएई जानेछिन् । खेलाडी र प्रशिक्षक मार्च ७ मा त्यसतर्फ जानेछन् ।
Related News
सम्बन्धित समाचार
भेट्रान फुटबलमा २८ टिम
बिटी कपमा प्रिक्वाटरका खेल जारी
चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा
श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७