महोत्सव उद्घाटन गर्दै सांसद सूर्यबहादुर केसी। तस्वीर : आदर्श समाज
महोत्सव उद्घाटन गर्दै सांसद सूर्यबहादुर केसी। तस्वीर : आदर्श समाज
पोखरा, २० फागुन। सिद्व युवा क्लबको आयोजनामा मादी गाउँपालिका वडा ६, चिप्लिमा सोमबार महाशिवरात्रि मेला शुरु भएको छ।
शिवरात्रिको महत्व उजागर र गाउँको प्रवद्र्वनका लागि मेला आयोजना गरिएको हो।
तीन दिनसम्म चल्ने मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।
मेला उद्घाटन गर्दै सांसद एवं उद्योगपति सूर्यबहादुर केसीले देश र माटो भुल्न नहुने भन्दै देश र माटो भुल्नेले कसैले हित नगर्ने बताए।
उनले परम्परा, संस्कृति र धर्मको रक्षा गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे। काँग्रेस नेता समेत रहेका केसीले मानवहितमा काम गर्ने व्यक्ति भगवान्सरह हुने बताए।
उनले मुलुकको विकास र उन्नतिका लागि संस्थागत रुपमा हुँदै आएको भ्रष्टाचार अन्त्य गर्न जरुरी भएको बताए।
काँग्रेसनेतृ सरस्वती गुरुङले विकास र समृद्वि जनताको चाहाना भएको भन्दै जनताका चाहना पूरा गर्नुपर्ने समय आएको बताइन्। उनले गाउँमै केही गर्छु भन्ने युवालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याइन्।
नेपाली काँग्रेसम महाधिवेशन प्रतिनिधि तिलक रानाभाटले मिलेर गरिने काम सफल र प्रभावकारी हुने बताए।
त्यस अवसरमा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, पोखरा महानगरपालिका वडा १६ का सदस्य राजेश गुरुङ, क्लबका संस्थापक अध्यक्ष ध्रुव गुरुङले बोेलेका थिए।
सिद्व युवा क्लबका अध्यक्ष विशाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव सन्तोष गुरुङले संचालन गरेका थिए।
यसैबीच, शिवरात्रिको अवसरसँगै सोमबारदेखि चिप्लीमा होमस्टे सेवा संचालनमा ल्याइएको छ। सिद्व युवा क्लबसँगको सहकार्यमा होमस्टे संचालनमा ल्याइएको हो।
सांसद एवं उद्योगपति सूर्यबहादुर केसीले होमस्टे सेवा शुभारम्भ गरे।
सात घरमा शुरु गरिएको सो सेवा एकपटकमा एक सय जनालाई उपलब्ध गराउन सकिने बताइएको छ।
Related News
सम्बन्धित समाचार
नारी दिवसमा एकल महिलालाई रातो टीका
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७