पोखरा, २० फागुन । रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ।
कक्षा ११ को आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले अध्ययनलाई मूल कर्तव्य सम्झेर कर्म गर्न आग्रह गरे। उनले विद्यालयका लागि सबैभन्दा खुसीको कुरा नै विद्यार्थीको सफलता हुने धारणा राखे। विद्यालयले नयाँ संस्कारको निर्माण गर्दै विद्यार्थीकेन्द्रित गतिविधिमा जोड दिएको भन्दै प्राचार्य प्रभावीले समयअनुकूल शैक्षणिक पद्धतिमा अघि बढ्ने प्रयासमा आफू लागिपरेको बताए।
कक्षा ११ की छात्रा सुजता सीकेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका बिना तिमल्सेना, शिक्षक किशोर भुजेल, कक्षा ११ की छात्रा रिया गुरुङ, १२ की छात्रा विद्या सुवेदीलगायतले बिदाइ तथा शुभकामना मन्तव्य राखेका थिए।
कक्षा ११ की छात्रा अस्मिता नेपालीको सञ्चालनमा भएको कार्यक्रममा रुपा थापा मगर, सजिना गुरुङ, नवराज गुरुङ, विवेक गुरुङ, सोनिया नेपालीलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बिदाइ भएर जाने कक्षा १२ का विद्यार्थीलाई कक्षा ११ का विद्यार्थीले मायाको चिनो प्रदान गरेका थिए भने विद्यालयका प्रचार्य प्रभावीले विद्यालयका तर्फबाट खादा लगाइदिएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले आगामी २०७६ वैशाख १५ बाट सञ्चालन गर्ने परीक्षामा शिवालयबाट यस वर्ष १२ जना विद्यार्थी सहभागी हुँदैछन्।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०