पोखरा, २० फागुन। दसौं संस्करणको ‘क्यान इन्फोटेक’ पोखरामा सोमबार शुरु भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरा नयाँबजारमा शुरु इन्फोटेक गण्डकी प्रदेशका आन्तरिक मामिना तथा कानूनी व्यवस्थामन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका हुन्।
उनले २१औं सताब्दीलाई सूचना प्रविधिले नेतृत्व गर्दै आइरहेको बताए। सरकारले सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै पोखरामा प्रदेश आइटी पार्क बनाउन लागेको जानकारी दिए।
क्यान महासंघ नेपालका अध्यक्ष हेमन्त चौरासियाले क्यानले सातै प्रदेशमा सूचना प्रविधि मेला आयोजना गरेको बताउँदै प्रविधिको विकासम मेला सहयोग हुने धारणा राखे।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले प्रविधिमा चासो राख्नेहरुका लागि मेला उपयोगी हुनुपर्ने बताए।
क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, भायानेट प्रालिका पोखरा शाखा प्रमुख कृष्ण सुवेदी, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछाने, क्यान कास्कीका उपाध्यक्ष विश्वास भण्डारी, सचिव विकास भुतेर्ल लगायतले बोलेका थिए।
सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुलाई लक्षित गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित क्यान इन्फोटेक फागुन २५ गतेसम्म चल्नेछ। कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पुर्याउने लक्ष्यले इन्फोटेक आयोजना गरिएको अध्यक्ष युवराज पौडेलले जानकारी दिए।
इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्वीच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुतेर्लले जानकारी दिए।
यसपालि प्रदेशस्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।
महोत्सवको आइतबार गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कोप्स कास्कीमा धर्मराज
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
hero news full width
मुख्य समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७