पोखरा, २० फागुन । कास्की मोड्नाइज्ड एकेडेमी विद्यालयले पोखराले वार्षिक कार्यक्रम अन्तरगत सोमवार साँस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको प्रेक्क्ष्यालयमा सन्चालित उक्त कार्यक्रममा विद्यार्थीको तह र स्तर अनुसार ५ समुहमा विभाजन गरी २०७४ सालको शैक्षिक पुरस्कार लगाएत उत्कृष्ट अनुशासित, उत्कृष्ट मनिटर, उत्कृष्ट सरसफइका साथै सबै बिधा र क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहाई प्रमाण पत्र , मेडल तथा ट्रफि वितरण गरिएको थियो ।
सोहि अवसरमा लेभल टपर, एसईई, टपर, तथा दश जोड दुई विज्ञान र व्यवस्थापन संकाय टपरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले विद्यार्थी भित्र रहेको विभिन्न प्रतिभाको पहिचान गरी पुरस्कृत गर्दा उनीहरुको हौसला वढ्ने बताइन् ।
विद्यालयका इन्चार्ज तथा दश जोड दुई कोर्डिनेटर शिवलाल उपाध्यायले हरेक विद्यार्थीमा केही न केही क्षमता हुने तर त्यसलाई पत्ता लगाएर वाहिर ल्याउन सके जीवनमा सफलता प्राप्त गर्न सकिने कुरा बताए ।
सोही कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राम बहादुर मोचीले हरेक द्यिार्थीले आफ्नो लक्ष्य प्राप्त गर्ने एक मात्र मार्ग शिक्षा भएको बताए । कास्की मोडनाइज्डको प्रगति देखेर डाहा गर्नेहरुले अर्को कुनै उपाए नपाएर विद्यालय बेचियो , यो अब सर्दै छ भन्ने जस्ता झुटा हल्ला चलाइएको प्रति आपत्ति प्रकट गरे ।
कार्यक्रममा शिवु ढकाल , मिलन तिमिल्सिना , नरबहादुर लामा , गँगा आले , निर्मला पहारी र मन कुमारी गुरुङले आफ्नो मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०