पोखरा, २० फागुन । महाशिवरात्रीको अवसरमा आयोजित प्रथम सेभेन ए साईड वेगनास कपको उपाधि सैनिकले जितेको छ। सोमबार सम्पन्न फाईनल खेलमा फोर टु फाईभ माथि शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै सैनिकले उपाधि जितेको हो।
पहिलो हाफ गोल रहित वरावरीमा रहेको खेलमा दोश्रो हाफको केही मिनेटमै डि बक्सवाट त्रिदेव गुरुङले गोल गरेपछि सैनिकले खाता खोलेको थियो। क्याप्टेन भिसन गुरुङको पासमा खेलाडी वेलप्रसाद गुरुङले अर्को गोल थप्दै अग्रता दोब्बर वनाएका थिए। दवावमा रहेको फोर टु फाईभ माथि सैनिकका त्रिदेव गुरुङको अर्को प्रहार गोलमा परिणत हुंदा फोर टु फाईभ स्तब्ध बनेको थियो।
उपाधि संगै सैनिकले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। फोर टु फाईभले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र सहित उप विजेतामा चित्त वुझाएको छ।
सोमबार नै सम्पन्न तेश्रो उपाधि मेरो नेपाल युवा क्लव मझेरीपाटनले जितेको छ। आयोजक वेगनास लाई पेनाल्टी सुट आउटमा ३ — २ को नतिजा निकाल्दै १५ हजार ५ सय ५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। म्यान अफ दि म्याचमा वेगनासका प्रदीप गुरुङ वने।
प्रतियोगितामा नगद ८ हजार सहित उत्कृष्ट खेलाडीको उपाधि सैनिकका त्रिदेव गुरुङले हात पारे। नगद ५ हजार सहित उत्कृष्ट डिफेन्स फोर टु फाईभका रवि थापा मगर, उत्कृष्ट प्लेमेकर फोर टु फाईभका बिजय श्रेष्ठ, उत्कृष्ट गोल रक्षक सैनिकका रोमन थापा मगर र उच्च गोल कर्ताको उपाधि नेपाल मुस्लिम एफ सि का अभिनास तामाङले हात पारे।
त्यस्तै अनुशासित टिमको उपाधी सिर्जना बहिरा माविले प्राप्त गरेको छ। म्यान अफ दि म्याच सैनिकका वेलप्रसाद गुरुङले हात पारे।उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख दान सिंह वोहोरा, ईलाका प्रशासन कार्यालयका प्रमुख चित्राङत बराल, वडा नं २९ का वडाध्यक्ष चेत वहादुर गुरुङ, क्लबका अध्यक्ष राम रानाभाट तथा संयोजक सुरेन्द्र पुनलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको संचालन सचिन रानाभाटले गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा गोल्डकप विजेतालाई ६ लाख
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
पाठकलाई प्रदेश खेलकुद परिषद् गण्डकीको नि.सदस्यसचिव जिम्मेवारी
राइनास–५ लाई भलिबल उपाधि
हेमजा गोल्डकपको तयारी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०