प्याराग्लाईडिङ चालक गम्भीर घाइते

आदर्श समाज संवाददाता
फागुन २०, २०७५
PARAGLIDING_IN_NEPAL


पोखरा, २० फागुन । कास्कीका माछापुच्छे् गाउँपालिका—८ ठाँटीमा सोमबार प्याराग्लाईडिङ दुर्घटना हुँदा पोल्याण्ड नागरिक गम्भीर घाइते भएका छन् ।

प्याराग्लाईडिङ उडाउने क्रममा ग्लाईडर विद्युत तारमा ठोकिई भुईमा खस्दा ३७ बर्षीय पोल्याण्डका नागरिक Janusz karol घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

गम्भीर घाइते ति नागरिकको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width