काँहुमा निर्मित केदारेश्वर मन्दिरको उद्घाटन

आदर्श समाज संवाददाता
फागुन २०, २०७५
IMG_20190304_140543


पोखरा २० फागुन । पोखरा— ११ काहूँमानवनिर्मित केदारेश्वर महादेवमणि मन्दिरको महाशिवरात्रीको अवसरमा उद्घाटन गरिएको छ ।

केदारेश्वर महादेव मन्दिर बैदामका पिठाधिश डा.लेखनाथ आचार्यले उद्घाटन गर्दै हिन्दु धर्म सर्वश्रेष्ठ रहेकाले कहिकतैबाट यस धर्म प्रति विचलन हुन नदिन सबै सचेत रहनु पर्ने बताए ।

करिव तीन रोपनी क्षेत्रफलमा सोह्र लाखको लागतमा निर्माण गरिएको उक्त मन्दिर बि.स. १९८४ सालमा केदार गिरीले निर्माण गरेका हुन् ।

मन्दिर समितिकी अध्यक्ष खुम कुमारी रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण संयोजक तीर्थ बहादुर बस्नेत, समाजसेवी एवम् चन्दादाता टिका बहादुर कार्की, वडा सदस्य मीन बहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कोषाध्यक्ष रामकृष्ण लामिछानेले आर्थिक प्रतिवेदन उपाध्यक्ष बीरेन्द्र बहादुर बस्नेतले स्वागत र सचिव काशिनाथ लामिछानेले कार्यक्रमको सञ्चालन गरेका थिए भने सो अवसरमा चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width