पशुपतिनाथ मन्दिरमा तीन लाखले गरे दर्शन

रासस
फागुन २०, २०७५
pash

काठमाडौँ, २० फागुन । महाशिवरात्रिका अवसरमा सोमबार दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले पशुपति नाथको दर्शन गरेका छन् ।

अघिल्ला बर्षहरुमा भन्दा यसबर्ष मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

भक्तजनले भने लामको राम्रो व्यवस्थापन हुन नसक्दा छ घण्टासम्म उभिन बाध्य हुनुपरेको गुनासो गरेका छन् । चावहिलचोकबाट लाम बसेको छ घण्टापछि मात्र मूल मन्दिरको पश्चिम ढोकामा आइपुग्न सम्भव भएको बालाजुबाट आएका लोकेश थापाले गुनासो गरे ।

कोषले छ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक खटिएको बताए पनि लामको बीचबीचमा मानिस छिर्दा धेरै समय उभिन बाध्य हुनुपरेको भक्तजनको भनाइ छ । मगन्तेरहित बनेको पशुपति मन्दिर पश्चिम मूलढोका बाहिर दायाँबायाँ बसेर माग्नेको भीड देखिन्छ ।

मूल मन्दिर छिर्ने ढोकाहरूमा व्यवस्थित नगरिँदा एकैपटक व्यवस्थापन गर्न दिउँसो प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका छन् ।

सामेवार रातिसम्म ११ लाख बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ । बाहिरबाट मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान गरी तीन एवं भित्र पुगेपछि पाँचवटा लाम राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्थानीयका कर्मचारी पनि आन्दोलित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८०
    पोखरा । आफूहरूको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलनको तयारी थालेका…
  • संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    पोखरा । संविधानको मर्म र भावनाअनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ…
  • कानुन कार्यान्वयनका लागि हो

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    विश्वले राम्रो भनेको संविधान हामीले नराम्रो कसरी भन्ने ? त्यति ठुलो युद्ध र आन्दोलनबाट निर्माण भएको संविधान जति खारिनुपर्ने हो,…
  • हाम्रो यात्रा विब्प्याँटो छ

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    मेरो दृष्टिकोणमा जुन संविधानलाई स्वीकार गरेर यहाँ आइपुग्यौं, अब रोकिएर सबैभन्दा पहिले नमिलेका कुरा मिलाउनुपर्छ । हामी विब्प्याँटो बाटोमा हिँडेका…
  • नियम बन्यो, नियत फेरिएन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८०
    संविधान एक पटक निर्माण गरेपछि सधैंका लागि तृप्त हुने कुरा होइन । आवश्यकता र परिवेश अनुसार संशोधन हुनुपर्ने हो ।…

hero news full width