काठमाडौं, २० फागुन । एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराएर पास गराइदिने भन्दै जाजरकोटको एक विद्यालयले पैसा मागेको अभिभावकको गुनासो छ ।
एसईई उतीर्ण गराउन विद्यार्थीलाई चिट चोराउनुपर्ने र त्यसका लागि पैसा चाहिने भन्दै हरेक विद्यार्थीबाट २५ सयदेखि तीन हजार रुपैयाँ रकम मागिएको अभिभावकले गुनासो गरेका छन् ।
छेडागाड नगरपालिका–५ को भाग्योदय माविमा विद्यार्थीलाई कसरी पास गराउने भन्ने विषयमा बैठक नै बसेको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कर्णबहादुर चदारा, प्रधानाध्यापक शान्तबहादुर शाहीका साथै एक दर्जन अभिभावक बैठकमा सहभागी थिए ।
चिट चोरेर पास हुने भए २५ सयदेखि ३ हजार रुपैयाँ चाहिन्छ भनियो, वैठकमा सहभागी केही अभिभावकले उक्त रकम दिन समेत तयार भए, केही अभिभावकले भने पैसा दिन मानेनन् । एसएलसी परीक्षा आएपछि जाजरकोटमा पहिले पनि यसरी पैसा उठाइन्थ्यो । अहिले पनि उठाउन थालिएको छ,’ स्थानीय दीर्घबहादुर रावतले भने ।
विद्यालयका प्राधानाध्यापक शान्तबहादुर शाहीले पैसा मागेको नभई परीक्षालाई व्यवस्थित बनाउनका छलफल गरेको जिकीर गरे । स्थानीय तहबाटै परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले केही रकम आवश्यक पर्ने र उक्त रकम विद्यार्थीबाट नभई नगरपालिकासँग माग गरिएको प्रधानाध्यापक शाहीको दावि छ ।
छेडागाड नगरपालिकामा रहेका माध्यमिक विद्यालयका प्राधानाध्यापक र मेयर लालबहादुर महतारासहितको बैठकमा नगरपालिकाले एक परीक्षा केन्द्रलाई ५० हजार रकम दिने प्रतिबद्धता जनाएको उनको दावी छ ।छेडागाडका १४ विद्यालयका छात्रछात्राले एसईई परीक्षामा सहभागिता जनाउँदैछन् । उनीहरुका लागि चारवटा परीक्षा केन्द्र तोकिएको छ ।
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०