मन्त्री अधिकारीको स्मरण

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७५
प्रदेश प्रमुखले भेटे दिवंगत मन्त्रीका परिवारलाई (1)_Fotor

पोखरा, १९ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि पोखरा–३३ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आइतबार श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य युवराज पौडेलले विकासप्रेमी नेताका रुपमा अधिकारीको स्मरण गर्दै उनको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको बताए । पोखरा–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले अधिकारीको पहलमा वडाभित्र धेरै योजना अघि बढेको बताउँदै ती योजनालाई समन्वयात्मक रुपमा अघि बढाउँदै सम्पन्न गरिने प्रतिबद्धता जनाए । विकासमा यो वा त्यो नभनी सबैलाई मिलाएर लैजान सक्ने क्षमता अधिकारीमा रहेको उल्लेख गर्दै आचार्यले कुशल संगठक, मिलनसारिता जस्ता उहाँमा रहेका धेरै गुण प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताए । कार्यक्रममा वक्ताहरुले विकासप्रेमी नेता अधिकारीको निधनले राष्ट्रलाई ठूलो क्षति पुर्याएको बताउँदै अधिकारीका मार्गदर्शनलाई प्रेरणाका रुपमा लिँदै अघि बढ्नुपर्नेमा जोड दिए । २०२६ सालमा पोखरा ३३, भरतपोखरी जामुनाबोटमा जन्मेका अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…
  • डुम्रे–बेंसीसहर सडक बन्द

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरसँग जोडिएको एकमात्र सडक फेरि एक साताका लागि बन्द गरिएको छ । साढे ५ महिनापछि खुलेको…
  • पोखरालाई विश्वसँग जोड्दै विमानस्थल   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०७९
    काठमाडौं ।  पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले…

hero news full width