पोखरा, १९ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि पोखरा–३३ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा आइतबार श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य युवराज पौडेलले विकासप्रेमी नेताका रुपमा अधिकारीको स्मरण गर्दै उनको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको बताए । पोखरा–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले अधिकारीको पहलमा वडाभित्र धेरै योजना अघि बढेको बताउँदै ती योजनालाई समन्वयात्मक रुपमा अघि बढाउँदै सम्पन्न गरिने प्रतिबद्धता जनाए । विकासमा यो वा त्यो नभनी सबैलाई मिलाएर लैजान सक्ने क्षमता अधिकारीमा रहेको उल्लेख गर्दै आचार्यले कुशल संगठक, मिलनसारिता जस्ता उहाँमा रहेका धेरै गुण प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताए । कार्यक्रममा वक्ताहरुले विकासप्रेमी नेता अधिकारीको निधनले राष्ट्रलाई ठूलो क्षति पुर्याएको बताउँदै अधिकारीका मार्गदर्शनलाई प्रेरणाका रुपमा लिँदै अघि बढ्नुपर्नेमा जोड दिए । २०२६ सालमा पोखरा ३३, भरतपोखरी जामुनाबोटमा जन्मेका अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
पञ्जीकरण विभागमा १०० कर्मचारी माग, अनलाइन आवेदन दिन सकिने
कोरोना बीमाका लागि विवरण बुझाउन निर्देशन
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७