बुटवल १९ फागुन । पाचौं खुल्ला रनिङशील्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सव बुटवलमा सुरु भएको छ। काठमाण्डौमा भैरहने सांस्कृतिक महोत्सव काठमाण्डौबाहिर बुटवलमा पहिलो पटक आयोजना गरिएको हो। बुटवलको बुटवलमण्डपमा महोत्सवको शुरु गरिएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र प्रतिष्ठान रुपन्देहीको सह–आयोजनामा सात दिनसम्म चल्ने महोत्सवको प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष न्यौपानेले सांस्कृतिक महोत्सवले लोक संस्कृतिको संरक्षण तथा जगनेर्नामा सहयोगी बन्ने बताए ।
उनले लोक संस्कृतिको संरक्षणमा राज्यले ध्यान दिन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सल्लाहाकार खिमबहादुर हमाल, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक गरौंजा, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली भण्डारी, गीता सारुमगरलगायतले बोलेका थिए ।
सांस्कृतिक गतिविधिबाट नेपालको लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार, उत्कृष्ट गायिका र गायकको लागि १५ हजार राशीको पुरस्कारको व्यवस्था गरिएको छ ।
Related News
सम्बन्धित समाचार
विसं २०७८ मा तीन दशैँ
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७