पोखरा १९ फागुन । सातौँ सिटी रेवान महोत्सव तथा फूड फेष्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबारदेखि पोखरामा सुरु भएको छ । ‘पर्यटन प्रवद्र्धनको लागि सँगसँगै’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउनेमा कुनै सन्देह नभएको बताए ।
‘प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्षका रुपमा मनाइरहेको छ, ’ उनले भने, ‘समृद्धिका लागि सहर केन्द्रित नभई हरेक स्थानीय निकायमा रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रवद्र्धन गरिने छ ।’
पर्यटनबाटै आर्थिक समृद्धि सम्भव रहेको भन्दै मन्त्री लम्सालले पर्यटनको पहिलो आधार पूर्वधार भएकाले सन् २०२१ लाई पुर्वाधार निर्माण वर्षका रुपमा मनाउन लागिएको उल्लेख गरे ।
अर्को प्रसंगमा मन्त्री लम्सालले रविन्द्र अधिकारी सवार जहाज दुर्घटनाले अन्तराष्ट्रियस्तरमा नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले यसलाई चिर्न आवश्यक रहेको औंल्याए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ट्रेड फेयरको रुपमा फेष्टिवललाई विकसित गर्दै लैजानुपर्ने बताए । अधिकारीले व्यवसायीहरुलाई मेला महोत्सवबाट फाइदा खोज्नु भन्दापनि आ–आफ्नो व्यवसायको प्रवद्र्धन गर्न आग्रह गरे ।
कार्यक्रममा सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नयाँ शक्तिका संयोजक देवीप्रसाद सुवेदी, उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइराला, सामुदायिक सेवा केन्द्रका जयराम अधिकारीलगायतले बोलेका थिए ।
पोखराको प्रदर्शनी केन्द्रमा फागनु २७ गतेसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन आइतबार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।
Related News
सम्बन्धित समाचार
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मुस्ताङमा १ महिनामा असी हजार पर्यटकले गरे भ्रमण
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०