हेमजा, १९ फागुन।पोखरा–१, वगर स्थित बुद्धटोल युवा क्लबले चैतको तेस्रो साता बीरेन स्मृति १३ औं बिटी कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ।
क्लबका सल्लाहकार स्वःबीरेन गुरुङको स्मृतिमा चैतको तेस्रो साता अन्तर क्लब प्रतियोगिता संचालन हुने आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइएको हो।
प्रतियोगितामा बिजेता टिमले नगद. १ लाख ३१ हजार १ सय ११, उपविजेता समूहले ८० हजार १ सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र स्ट्राईकरलाई जनही तीन हजार सहित ट्रफी प्रदान गरिने बताइएको छ।त्यस्तै अनुशासित एक टिमलाई ७ हजार नगर र शिल्ड प्रदान गरिनेछ।
टिम दर्ता शुल्क रु ७ हजार निर्धारण गरिएको क्लवका सचिव रेशम सापकोटाले बताए।
४० टिमको सहभागिता रहने अनुमान गरिएको उक्त प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च लाग्ने प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
एकै खेलमा ट्रिपल ह्याट्रिक
भलिबल विजेतालाई गृहजिल्लामा सम्मान
पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स फुटबल’ सुरु
क्लबस्तरीय टी–२० लिग क्रिकेट हुने
भलिबलमा पाेखरेलीकाे क्रेज, प्यारापिटमा थामिनसक्नु भीड
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७