घोराही, १९ फागुुन ।स्वतन्त्र पत्रकार संघ नेपाल दाङको अध्यक्षमा भुुवन गौतम चयन भएका छन् । संघको आइतबार घोराहीमा भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा जितसागर जीएम, सह–सचिवमा कमला शर्मा, कोषाध्यक्षमा शरद रिजाल छन् । त्यस्तै, संघको सदस्यहरुमा अंकित डिसी, कृष्ण चौधरी, उदिराम चौधरी, पनिता दाहाल छन् ।
अधिवेशनले केन्द्रीय पार्षदमा केबी मसाल, बंशीकुुमार शर्मा र मदनकुुमार आचार्यलाई चयन गरेको छ । त्यस्तै, प्रदेश पार्षदमा बिष्णुुकुुमार देवकोटा, सन्तराज भट्ट र सुुनीलकुुमार देवकोटा छन् ।
यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल दाङको प्रथम साधारणसभा तथा अधिवेशन आइतबार घोराहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष भुुवन गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुुल पोखरेलको प्रमुुख आतिथ्यतामा प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुुख अतिथि पोखरेलले राज्यले मिडिया तथा पत्रकारलाई फराकिलो दृष्टिकोणले हेर्न नसकेको बताए। उनले पत्रकार र मिडियाले राज्यलाई सहयोग गरेको भएपनि राज्यले पत्रकारिता जगतलाई सहयोगमा कन्जुुस्याइँ गरेको बताए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन सकेमात्रै सत्य तथ्यखबर बाहिर आउने बताए । कार्यक्रममा संघका केन्द्रीय महासचिव नवराज पहाडी, केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र पाण्डे, केन्द्रीय पार्षद डीआर सुमन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल प्रेस युुनियनका अध्यक्ष सन्तोष सुुवेदी, नेपाल प्रेस युुनियनका केन्द्रीय सदस्य शुुलोचना गौतम, राप्रपा दाङका अध्यक्ष नरेशजंग राना, नेपाल तरुण दलका अध्यक्ष टिका घर्ती, पत्रकार निरजा पोखरेल, मिना गिरीले बोलेका थिए । कार्यक्रमको सहजीकरण बंशीकुुमार शर्माले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
hero news full width
मुख्य समाचार
गण्डकीमा अब मुख्यमन्त्री को ?
सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९मध्यपहाडीको मार : रुट फेर्न वडा कार्यालयमा ताला
चैत्र ८, २०७९होटल पौवाको ११ औं शाखा पोखरामा
चैत्र ८, २०७९पाल्पा हाउस १० चैतमा उद्घाटन हुने
चैत्र ८, २०७९