प्याराग्लाईडिङ तालमा खस्दा मृत्यु

आदर्श समाज संवाददाता
फागुन १९, २०७५
PARAGLIDING_IN_NEPAL

फाइल फाेटाे ।


पोखरा, १९ फागुन । पोखराको सराङकोटवाट उडेको प्याराग्लाडिङ आइतवार विहान ११.४५ वजे पोखराको फेवातालमा खस्दा एक रोमानीया नागरिकको मृत्यु भएको छ ।

प्याराग्लाईडिङवाट खसेर गम्भीर घाइते भएका रोमानीया नागरिक ४५ वर्षीय Ebe  Chis Zer  को पोखराको मेट्रोसिटी अस्पताल लगिएको भएपनि चिकित्सकले १२.१० वजे मृत घोषणा गरेका थिए । फेवाताल किनारको खपौदीमा प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर उनी सीधै तालमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।

प्याराग्लाईडिङ तालमा खसेको सूचना प्राप्त गरेलगत्तै घटनास्थल वाराही घाटमा रहेको सशस्त्र प्रहरी टोली उद्वारका लागि घटनास्थल पुगेको थियो । घाइते उनलाई अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनी बाट पर्मिट लिएर उडेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width