रवीन्द्र अन्तराष्ट्रिय विमानस्थल नामाकरण गर्न माग

रासस
फागुन १९, २०७५
Pokhara-International-Airport

Heavy equipments being used for the construction of Pokhara Regional International Airport in Pokhara Lekhnath Metropolitan City, on Monday, November 13, 2017. Photo: Bharat Koirala

चिप्लेढुङ्गा, १९ फागुन । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तराष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको र पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएर अझ विशेष भूमिका खेलेको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width