पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले ४० करोड लगानी गर्ने

रासस
फागुन १९, २०७५
maxresdefault

पर्वत, १९ फागुन । पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तराष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।

पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ ।

पञ्चासे केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । देश समृद्ध बनाउने राम्रो एजेण्डामा उहाँहरुको सकारात्मक प्रतिबद्धतासहित लगानीका लागि अग्रसर रहेको आफूले पाएको शर्माको भनाइ छ ।

अध्यक्ष शर्माले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले रु २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतलगायतका युरोपेली देशबाट रु १० करोड लगानी गर्ने प्रतिबद्धता आएको छ भने पर्वत समाज कतारबाट दुई करोड, पर्वत समाज बेल्जियमबाट रु १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसँग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले समेत परियोजनाको प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी अध्यक्ष शर्माले दिए । ११ अर्ब ५० करोड लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर सङ्कलन गर्ने लक्ष्य छ ।

चार अर्ब ५५ करोड शेयरमध्ये दुई अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ ।

विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।

परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान छ । सोही समूहले तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

    • सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै

      रासस फागुन २५, २०७७
      गलकोट । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो ।…
    • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चिनियाँ पर्यटक भिœयाउन भाषाको भूमिका महत्वपूर्ण हुने बताएका छन्…
    • घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी

      प्रकाश ढकाल फागुन २३, २०७७
      पोखरा । घुम्दा पनि तलब ? त्यसमाथि छुट्टी पनि । गण्डकी प्रदेशले कर्मचारीलाई ‘रिफ्रेस’ गराउन तलब सहितको छुट्टी दिन्छ ।…
    • नेपालगंजमा पोखरा प्रबद्र्धन अभियान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      नेपालगंज, २२ फागुन । पश्चिमान्चल होटल संघ पोखराको आयोजनामा आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रवद्र्धन अभियान बाँकेको नेपालगंजबाट सुरु भएको…
    • पर्यटक आगमनमा झिनो सुधार   

      Avatar आदर्श समाज सम्वाददाता फागुन १८, २०७७
      काठमाडौँ । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९…

    hero news full width

    sanil ads

    wordlink ads