विप्लवका १७ कार्यकर्ता पक्राउ

एजेन्सी
फागुन १९, २०७५

सिन्धुपाल्चोक, १९ फागुन । नेत्रविक्रम चन्द विप्लवका १७ कार्यकर्तालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल भइरहेको बेला शुक्रबार राति प्रहरी पुगेको थियो । पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जित ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए । ‘केही मानिस पक्राउ परेका छन, उनीहरुको विषयमा अनुसन्धान सुरु गरेका छौं’ प्रहरी उपरक्षिक मरासिनीले भने ।१० फागुनमा राजधानीमा एनसेल कार्यालय अगाडि भएको विष्फोटको विप्लव समूहले जिम्मा लिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सकियो समानुपातिक मतगणना, एमालेलाई सर्वाधिक ३४ सिट

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०७९
    पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकमा नेकपा (एमाले) पहिलो पार्टी बन्दै सर्वाधिक ३४ जितेको छ । गएको ४ मंसिरमा…
  • गठबन्धन निरन्तर

    रासस मंसिर १९, २०७९
    काठमाडौं ।  पाँचदलीय सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको…
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका…
  • गठबन्धनका शीर्ष नेताको बैठक सुरु

    रासस मंसिर १९, २०७९
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको…
  • अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ- मन्त्री पौडेल

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    लेखनाथ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका नछन् । गण्डकी विश्वविद्यालय अनुसन्धान…

hero news full width