संविधान संशोधन गर्न काँग्रेस तयार

एजेन्सी
फागुन १९, २०७५
serbahadur-taja-suchana-800×445


जनकपुरधाम, १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको भावना अनुसार हुने संविधान संशोधन गर्न आफू सदैव तयार रहेको बताएका छन् ।

‘कांग्रेस विगतमा पनि संशोधनको प्रयास गरेकै हो’ जनकपुरधाममा शनिबारदेखि शुरु भएको जनकपुर कला साहित्य र अन्तर्रा्ष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्छ ।’ आफू प्रधनमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि यसमा सफलता प्राप्त गर्न नसकिएको उनले बताए ।
कांग्रेस सभापति देउवाले मुलुकमा संघीयता अपरिहार्य रहेको बताउँदै संघीयताबाट मुलुक पछि हट्न नसक्ने बताए ।

‘संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्दैनन उनले भने, ‘संघीयता नेपालको आवश्यक्ता र वास्तविकता दुवै हो ।’सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी विधेयक ल्याएको भन्दै उनले आपत्ति जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width