पोखरा, १८ फागुन । थ्रीस्टार क्लबले १७ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा आर्मीलाई सडन डेथमा पराजित गर्दै साविक उपविजेता थ्रीस्टारले आहा रारामा पाँचौ पटक उपाधि चुम्न सफल भएको हो । थ्रीस्टारले यो सँगै आहा रारा गोल्डकप फुटबलको सबैभन्दा बढि उपाधि जित्ने नेपाल पुलिससँगको रेकर्डलाई बराबरी गरेको छ । सहारा क्लबको आयोजनामा भएको शुरुवाती क्याराभान गोल्डकपसहित पुलिसले ६ वटा उपाधि जितेको छ ।
विजेता थ्रीस्टारले उपाधिसहित ८ लाख १ हजार र उपविजेता आर्मीले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पोखरा रंगशालामा शनिबार फाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबको उपाधि सपना चकनाचूर पार्न सडनडेथमा थ्रीस्टारका मिक्छेन तामाङको पेनाल्टी प्रहार निर्णायक बन्यो । विपक्षी आर्मीका विकास खवासको प्रहार भने थ्रीस्टारका कीपर एलन न्यौपानेले उत्कृष्ट सेभ गरेका थिए ।
निर्धारित ९० मिनेटको खेल समान १ र अतिरिक्त ३० मिनेटको खेल समान २ गोल हुँदा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा समान ४ गोलपछि खेल निर्णयार्थ सडनडेथको सहारा लिनुपरेको हो ।
पेनाल्टी सुटआउटमा थ्रीस्टारका लागि रञ्जित धिमाल, रुपेश केसी, क्याप्टेन विक्रम लामा, अनन्त तामाङको प्रहार गोलमा परिणत हुँदा सुनिल राईको प्रहार क्रसबारमा लागेर बाहिरिन पुगेको थियो ।
आर्मीका लागि कीपर विकास कुथुको प्रहार कीपर एलन न्यौपानेले सेभ गर्दा क्याप्टेन भरत खवास, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतको पेनाल्टी प्रहारले जाली चुमेको थियो ।
आर्मीले पाँचौ मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चौथो पटक फाइनल पुगेर पनि उपाधि विमुख बन्यो । आर्मी यसअघि सातौ, आठौं र चौधौं संस्करणमा फाइनल खेलेको थियो ।
आर्मीका लागि टेकबहादुर बुढाथोकीले सुरुवाती गोल गरेकोमा पहिलो हाफको इन्जुरी टाइममा थ्रीस्टारले बराबरी खेलेको हो । जसमा रञ्जित धिमालले पेनाल्टीमा गोल गरे र खेललाई बराबरीमा ल्याए । आर्मीका डिफेण्डर दिप तामाङको ह्याण्डमा रञ्जितले पेनाल्टी सुटमा गोल गरे ।
निर्धारित समयमा १–१ को बराबरीपछि आर्मीले पुनः अग्रता लिएको थियो । १०५ औ मिनेटमा आर्मीका सन्तोष तामाङको पासमा बिमल पाण्डेले हेडमार्फत गोल गर्दै गोलअन्तर २–१ पु¥याएकोमा लगत्तै थ्रीस्टारले गोल फर्काएको थियो । जसमा विदेशी खेलाडी पिटर सेगुनले ११२ औं मिनेटमा गोल गर्दै खेललाई टाइब्रेकरमा धकेलेका थिए । रञ्जित धिमालले प्रहार गरेको बल आर्मीका कीपर विकेशले समातेर पनि फुत्काएपछि सेगुनले गोल गरेका थिए ।
फाइनलमा म्यान अफ दी म्याच थ्रीस्टारका एलन न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै उत्कृष्ट गोलकीपरको उपाधि पनि आफ्नै पक्षमा पारे । सर्वोत्कृष्ट खेलाडी वापत स्कूटर चढेका उनले उत्कृष्ट गोलकीपरवापत नगद १५ हजार रुपैयाँ पुरस्कार पाए ।
यस्तै सर्वाधिक गोलकर्ताको उपाधि थ्रीस्टारका अनिल गुरुङले तीन गोल गर्दै २५ हजार पाए । खेलमा आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्स, सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर, नवयुग श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र थ्रीस्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । अनुशासित एपीएफले १० हजार पुरस्कार पायो ।
आयोजक सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा राखेप सदस्यसचिव केशवकुमार बिष्ट, राखेप सदस्य राजेश गुरुङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, आयोजक क्लब अध्यक्ष केशवबहादुर थापा, क्लब पूर्व अध्यक्ष एवं पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका हुन् ।
गत फागुन ९ देखि सुरु प्रतियोगितामा यसपालि मात्र १० टिमको सहभागिता थियो । फाइनलमा प्रमुख अतिथि राखेप सदस्य सचिव एवं सांसद केशवकुमार बिष्टले प्रतियोगिता सकिएपछि भोलिपल्ट देखि नै पोखरा रंगशालाको निर्माणले दू्रत गति लिने बताए ।
एन्फा अध्यक्ष कर्मा छिरिङले कार्यक्रममा बोल्दै फुटबल विकासका लागि वैशाखदेखि देशभर विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने बताए । कास्की माछापुच्छ«े गाउँपालिकास्थित सार्दिखोलामा फुटबल एकेडेमीको निर्माण कार्यलाई छिट्टै अगाडि बढाउने समेत बताए ।
Related News
सम्बन्धित समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
hero news full width
मुख्य समाचार
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७