गलकोट, १८ फागुन । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा बागलुङबाट १६ घरवास छनोट भएका छन् ।
ग्रामीण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पु¥याउने उद्देश्यले मन्त्रालयले गत पुस १४ गते आह्वान गरेको सूचना बमोजिम विभिन्न १६ घरवास अनुदानका लागि छनोट गरिएका हुन् । बागलुङका १९ घरवासले अनुदानका लागि प्रस्ताव पेश गरेका मन्त्रालयले जनाएको छ ।
तीन सय गाउँमा घरवास सञ्चालन गर्ने नीति लिएको प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले घरवास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको छ ।
परियोजना प्रस्ताव स्वीकृत भई सम्झौता गरेको १५ दिनभित्र घरवास समितिलेकार्य सञ्चालन गर्नुपर्नेछ । सम्झौतापछि मन्त्रालयले पहिलो किस्ताका रुपमा ४० प्रतिशत अर्थात रु चार लाख समितिको खातामा हाल्ने व्यवस्था अनुदान कार्यविधिमा छ ।
सरकारले घरवास चलाउन प्रदान गर्ने अनुदानको रकमको खर्च सम्बन्धमा कार्य्विधि पनि बनाएको छ । घरवास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनीस्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् ।
व्यवस्थापन समितिले हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, सांस्कृतिक सङ्ग्रहालय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, दृश्यावलोकन स्तम्भ बनाउन प्रवेशद्वार, पदमार्ग, ढुङ्गेमार्ग बनाउन सो रकम खर्च गर्न सक्नेछन् । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे प्रवद्र्धनका लागि रु ३० करोड विनियोजन गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
पर्यटनको राजधानी घोषणा वर्ष
सकियो घान्द्रुक महोत्सव
पर्यटक दौडमा ३५ सहभागी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१