पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रवार पोखराको रामघाट स्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरिरमा छोराहरु विराज, स्वराज र रवीन्द्रकी पत्नी विद्याले दागवत्ति दिएका थिए । काठमाण्डौवाट शुक्रवार दिउसो एक वजे जहाजमा पोखरा रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको थियो । पोखरा विमानस्थलवाट सीधै नयाँ वजार स्थित पर्दशनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिएको थियो ।
प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि अर्पण गर्न दलका नेता, उच्च पदस्थ कर्मचारी तथा सर्वसाधारणको भीड लागेको थियो । प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलि दिदैै नेकपामा उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले र गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए ।
सर्वसाधारणले श्रद्धाञ्जलि अर्पण गरेपछि मन्त्री अधिकारीको शव दिउसो ४.०० वजे पोखरा प्रदर्शनी केन्द्रवाट पोखरा परिक्रमा गदै नयाँवजार, महेन्द्रपुल, रानीपौवा, अस्पताल चोक हुदै अन्त्येष्टिका लागि रामघाट स्थित सेती नदीमा लगिएको थियो । अधिकारीको अन्त्येष्टिमा राजकीय सम्मान स्वरुप नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अधिकारीको शव यात्रामा दशौ हजारको संख्यामा कस्केली समुदाय सहभागी वनेका थिए । शव यात्रामा विभिन्न दलका नेता तथा कार्यकर्ता सहभागी थिए ।
अधिकारीलाई श्रद्धाञ्जलि दिन र अन्त्येष्टिमा पुगेका सर्वसाधारणको आँखावाट आँसु झरेको थियो । अधिकारीलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा नेता वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी मन्त्रीहरु श्रेष्ठ, गोकर्ण विष्ट, पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, मन्त्रीहरु, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य र विभिन्न राजनीतिबक दलका नेता पोखार आएका थिए ।
अन्तिम श्रद्धाञ्जलि दिन रवीन्द्रका बुवा इन्द्रप्रसाद अधिकारी, आमा लक्ष्मी अधिकारी, पत्नी विद्या अधिकारी प्रदर्शनी केन्द्रमा पुगेका थिए । अन्त्यष्टिमा पुगेका प्रतिनिधि सभा निर्वाचनमा रवीन्द्र अधिकारीसँगै प्रतिस्पर्धा गरेका नेपाली काँग्रेसका नेता देवराज चालिसेले कास्कीले एक दुरदर्शी नेता गुमाउनु पर्दा अत्यन्तै दुःख लागेको वताएका छन् ।
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका स्व अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निवाचित भएका थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
गण्डकीमा बिमाको पहुँच निकै कम
hero news full width
मुख्य समाचार
पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०