पोखरा, १७ फागुन । लागु औषधमुद्दामा म्यादथप गरी कास्की हिरासतमा राखिएका एक युवकको कास्की सेवा अस्पताल रामघाट पोखरामा उपचारको क्रममा विहीवार मृत्यु भएको छ ।
भारतको मोतिहारी घरभई पोखरा—८ वस्दै आएका ३० बर्षीय सन्दिप शाहको मृत्यु भएको हो । लागु औषध कारोबारमा पुस २ गते पक्राउ परेका शाहले विहीवार विहान हिरासत कक्षमा नै वान्ता गरेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
तत्काल उपचारका लागि सेवा अस्पताल लगिएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरक्षिक एवं प्रहरी प्रवक्ता रवीन्द्र गुरुङका अनुसारशाहले हिरासतमा नै बिष सेवन गरेको खुल्न आएको छ । साहलाइृ विस पुर्याएकाे आशंकामा जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी जवानलाई कास्की प्रहरी थुनामा राखी अनुसन्धान सुरु गरेको जानकारी गुरुङले दिए ।
उनले विष भित्र किन लगेका हुन् । हिरासतभित्रै विष कसरी पुर्याइयो, सुरक्षा घेरामा रहेकै बेला उनले कसरी सेवन गरे भन्ने विषय अनुसन्धानपछि खुल्ने जानकारी प्रहरी नायव नीरक्षक गुरुङले दिए ।
हिरासतमा रहेका व्यक्तिका लागि औषधी खुवाउनु परे पनि चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिस चाहिन्छ । उनको शव परीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । लागु औषध कारोवारमा साहले प्रयोग गरेको गाडी त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पोखरा, ८ मा बस्दै आएका साहलाई पुस २ गते आगुऔषध नियन्त्रण ब्युरो पोखराले पक्राउ परेको हो । बा१८च ६७८५ नम्बरको मारुती गाडी र उनको कोठामा लुकाएर राखेको अवस्थामा लागुऔषध सहित साह पक्राउ परेका थिए । उनको साथबाट २ वटा मोबाइल र विभिन्न प्रकारका २ हजार ९ सय ७० चक्की लागुऔषध नियन्त्रणमा लिएको थियो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१